३ बुँदे माग राख्दै नेविसंघले त्रिविलाई बुझायो ज्ञापनपत्र

 

चैत १३, काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ निकट स्ववियु परिषद्ले विभिन्न ३ बुँदे माग राख्दै त्रिभुवन विश्वविद्यालयलाई ज्ञापनपत्र बुझाएको छ। 

नेपाल विद्यार्थी संघका पूर्व उपाध्यक्ष ऋषिकेश जंग शाहको नेतृत्वमा त्रिभुवन विश्वविद्यालय पुगेको नेपाल विद्यार्थी संघको टोलीले आज ३ बुँदे माग राख्दै ज्ञापनपत्र बुझाएको हो । 

null

देशको सबैभन्दा ठूलो र पुरानो विद्यार्थी संगठन नेपाल विद्यार्थी संघको स्थापना दिवसलाई ख्याल नगरेर निकालिएको परिक्षा तालिका तत्काल सच्याउनुलर्ने, स्नातकोत्तरमा सेमेस्टर प्रणाली लागेपछि बार्षिक प्रणालीमा परिक्षा दिएर ब्याक लागेका विद्यार्थीको परिक्षा सुनिश्चितता हुनुपर्ने, राजनीतिक र अवैध रुपमा गरिएका कर्मचारी भर्ना खारेज गर्नुपर्ने लगायतका मागहरु राखिएको नेपाल विद्यार्थी संघ आरआर क्याम्पस इकाईका सचिव अनुराग शाहले जानकारी दिए । 

नेपाल विद्यार्थी संघका पूर्व उपाध्यक्ष ऋषिकेश जंग शाह, त्रिभुवन विश्वविद्यालयका पूर्व सभापति शंकर पौडेल, नेपाल विद्यार्थी संघका नेता दुजाङ शेर्पा, स्ववियु परिषद्का सभापति निराजन नेपाल, नेपाल विद्यार्थी संघ मीनभवन क्याम्पसका सभापति सरोज तिमल्सिना, त्रिचन्द्र क्याम्पसका उपाध्यक्ष कृष्ण बसेल, तहाचाल क्याम्पसका नेता दिवाकर बोहोरा, त्रिभुवन बिश्वबिद्धालयका सचीव योगेन्द्र रावल, शंकरदेव क्याम्पसका नेता दीपक ओझा, ग्रामीण आदर्श क्याम्पसका नेता मातृका तिमल्सिना, आरआर क्याम्पसका सचीव अनुराग शाह, उदयपुर काठमाडौं सम्पर्क समितिका सचीव चिरञ्जीवी नेपाल र भोजपुर नेविसंघका नेताले संयुक्त रुपमा ज्ञापनपत्र बुझाएका हुन् ।  

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *