जेफ बेजोसविरुद्ध प्रेमिकाका भाइले गरे मुद्दा दर्ता

माघ २१, काठमाडाैँ ।  अमेजनका संस्थापक तथा मुख्य कार्यकारी अधिकारी जेफ बेजोसकी प्रेमिका लरेन साञ्चेजका भाइ माइकल साञ्चेजले बेजोसविरुद्ध मानहानीको मुद्दा दर्ता गरेका छन् । बेजोसले लरेन र उनको नीजि तस्बिर र मेसेज माइकलले लीक गराएको आरोप लगाएका थिए । 

माइकलले उक्त आरोप गलत बताउँदै यसका कारण आफ्नो बदनामी भएको जानकारी दिए । उनका अनुसार उनको घरमा एफबीआईले पनि छनविन गरेको जसका कारण छिमेकमा उनको इज्जतमा दाग लागेको छ । अमेरिकी म्यागजिन नेशनल एनक्वायररले गत वर्ष जनवरीमा बेजोस र लरेनको तस्बिरसहित उनीहरुबीचको अफेयरबारे खुलासा गरेको थियो । 

माइकलले फोटो लिक गराए बापत् २ लाख डलर पाएः रिपोर्ट 

माइकलका अनुसार बेजोस र लरेनको तस्बिर लिक हुँदा आफू एक जिम्मेवार भाइ र म्यानेजरको भूमिका निभाइरहेका थिए । फोटो लिक हुनुमा आफ्नो कुनै हात नभएको उनले दाबी गरे । गत हप्ता अमेरिकी पत्रिका वाल स्ट्रिट जर्नलले माइकललाई नेशनल एन्क्वायररबाट २ लाख डलर पाएको रिपोर्ट सार्वजनिक गर्यो । सरकारी वकिलसँग लरेनका भाइ माइकलले म्यासेज उपलब्ध गराएको प्रमाण आफूसँग भएको दाबी गरेका छन् । एजेन्सी 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *