क्यामरुन बम विस्फोटमा १४ जनाको मृत्यु, ३० घाइते

क्यामरुन, असार २९ । क्यामरुन उत्तरीक्षेत्रमा बुधबार बेलुका भएको आत्मघाती बम विस्फोटनमा परी कम्तीमा १४ जनाको मृत्यु भएको छ । घटनामा परी अन्य ३० जना घाइते भएको सुरक्षा अधिकारीहरुले बिहीबार ९आज० जानकारी दिएका छन् ।

स्थानीय सञ्चारमाध्यमहरुले सुरक्षा अधिकारीहरुलाई उदृत गर्दै नाइजेरियासँगको सिमा क्षेत्रमा विस्फोटन भएको बताएका छन् ।

विस्फोटनमा आतंकबादी समूह बोको हराम संलग्नता रहेको आशंका गरिएको छ । घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको अधिकारीहरुले बताएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *