रोकिएन रोनाल्डो हात्तीको आतंक, जाग्राममा स्थानीय

 

साउन ७, चितवन । चितवनमा जंगली हात्तीले वितण्डा मच्चाउने क्रम रोकिएका अझै रोकिएको छैन । दुई दिन शान्त रहेको हात्ती पुनः बस्ती पसेर वालीनाली तथा खाद्यान्नमा क्षति पुर्याउनुका साथै आतंक मच्चाउन थालेको छ । 

असार ३१ गते रत्ननगर ७ वोद्रेनीमा एक पुरुषलाई हात्तीले मारेको थियो भने घरदेखि १ किलो मिटर पूर्वको दुरीमा कान्छा दराईको रोनाल्डो नामको हात्तीको आक्रमणमा परि ज्यान गएको थियो । त्यसयता हात्तीको आक्रमण जारी छ । 

null

पछिल्लो पटक गयराती (सोमबार) खैरहनी नगरपालिका १२ मा २ जनाको घरमा भण्डारन गरिराखेको धान खाने र क्षती गर्ने तथा खेतमा लगाएको धानवालीमा क्षती पुर्याएको वडाध्यक्ष टिकाराम तिमल्सिनाले जानकारी दिए । 

स्थानीय होमनाथ धमलाको घरबाट करिब ४ क्वीन्टल धान खानुका साथै खेतमा लगेर फालिदिएको वडाध्यक्ष तिमल्सिनाले बताए । त्यस्तै गोविन्द प्रसाद भट्टको भकारी नै भत्काएर धानमा क्षती पुर्याएको छ । 

करिब १ विगाहा क्षेत्रफलमा लगाएको धानवाली खानुका साथै माडेर नष्ट गरिदिएको उनले बताए । करिब ११ बजे राती तिर हात्ती बस्ती प्रवेश गरेपछि स्थानीय जाग्राम बसेका थिए । यसअघि रोनाल्डो हात्तीले सौराहा क्षेत्रका केही होटलमा क्षती पुर्याउनुका साथै स्थानीयको घर समेत भत्काएको थियो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *