पासो थाप्दै गर्दा शिकारी पक्राउ

मंसिर २६, ठिनी । थासाङ गाउँपालिका–२ कोवाङको छोङगुमा जङ्गली जनावर मार्न पासो थाप्दै गरेको अवस्थामा एक शिकारीलाई पक्राउ गरिएको छ । 

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना इलाका संरक्षण कार्यालय जोमसोमको नेतृत्वमा गएको गस्ती टोलीले साढे दुई किलो जङ्गली जनावरको मासु, दुई थान पासो र खुकुरीसहित शिकारीलाई पक्राउ गरेको हो । 

तीन हजार ५०० मिटर उचाइको जङ्गलमा मासु पकाउँदै र पासो थाप्दै गरेको अवस्थामा रोल्पाका ५७ वर्षीय मोहनबहादुर मगरलाई मङ्गलबार पक्राउ गरिएको कार्यालयले जनाएको छ । 

null

मासुको परीक्षण र थप अनुसन्धानका लागि मगरलाई अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाको पोखरास्थित कार्यालयमा पठाइने प्रहरी नायब उपरीक्षक महेन्द्र खड्काले बताए । 

कोवाङको जङ्गलमा पछिल्लो समय जङ्गली जनावर र पक्षीको चोरी शिकार बढेपछि प्रहरी र एक्यापका कर्मचारीसहित गस्तीमा जाने क्रममा रङ्गेहात शिकारी पक्राउ गर्न सफल भएको संरक्षण क्षेत्र व्यवस्थापन समिति कोवाङका अध्यक्ष जीवन थकालीले बताए । 

थकालीका अनुसार मगरको साथबाट बरामद गरिएको मासु कस्तुरी मृग र घोरलको हुनसक्ने अनुमान गरिएको छ । डेढ किलो पकाएको र एक किलो काँचो मासु बरामद भएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *