अरिङ्गालको टोकाइबाट तीन वर्षीय बालकको मृत्यु

कात्तिक २९, दुलैख । दैलेखको दुल्लु नगरपालिका–८ दुवारीचाखामा अरिङ्गालको टोकाइबाट एक बालकको मृत्यु भएको छ । 

मृत्यु हुनेमा स्थानीय तीन वर्षीय मनिष नेपाली रहेको दुल्लु अस्पतालका वरिष्ठ अहेव खड्ग शाहीले जानकारी दिए । मृतक बालकका आमा टिपुरी नेपालीका अनुसार बुधबार अरिङ्गालको गोलामा जेठो छोराले जिस्क्याउँदा कान्छा छोरा मनिषलाई अरिङ्गालले टोकेको हो । 

अरिङ्गालको टोकाइबाट पूरै शरीरमा विष फैलिएर गम्भीर अवस्थामा रहेका बालकलाई धेरै मात्रामा पानी खुवाएका कारण ज्यान गएको अहेव शाहीले बताए । उनका अनुसार बालकको दुल्लु अस्पतालमा पुर्याएपछि मृत्यु भएको हो । 

null

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *