भण्डारा दुग्ध सहकारीको अध्यक्षमा पुन: थपलिया निर्वाचित

माघ २६ चितवन ।  चितवनमा दैनिक सर्वाधिक दुग्ध संकलन गर्दै आईरहेको राप्ती नगरपालिका स्थित भण्डारा दुग्ध उत्पादक सहकारी संस्थाको अध्यक्षमा डिल्ली प्रसाद थपलिया अत्याधिक मतका साथ निर्वाचित भएका छन् । नयाँ कार्यसमिति चयनका लागि शनिबार भएको मतगणनाको आईतबार विहान सम्पन्न मतपरिणाम अनुसार थपलियाले प्रमुख प्रतिद्धन्द्धी विश्वकान्त रुवालीलाई २१५ मतान्तरले पराजीत गरे । 

कुल खसेको ७ सय ७९ मत मध्ये थपलियाले ४ सय ५३ मत तथा रुवालीले २३८ मत प्राप्त गरे । अध्यक्षकै लागि अर्का प्रत्यासीहरु थलराज पाठकले १० मत र तीर्थराज पाण्डेले ८ मत पाए । पाठकले चुनाव चिन्ह पाईसकेपछि थपलियालाई समर्थन गरेका थिए । 

राप्ती नगरस्तरीय दुग्ध उत्पादक सहकारी संस्था समन्वय समिति संयोजक रहेका थपलिया अघिल्लो कार्यकालमा पनि मतदानबाटै निर्वाचित भएका थिए । नेकपा निकट थपलिया र नेपाली कांग्रेस रुवालीले प्यालननै बनाएर निर्वाचनमा होमिएका थिए ।   

निर्वाचनबाट उपाध्यक्ष,सचिव र कोषाध्यक्ष भने नेपाली कांग्रेस निकट शेयर सदस्यहरुले जितेका छन् । सचिवमा आश गरेको नेकपाले त्यसमा पनि हार व्यहोर्नु परेपछि राप्ती नेकपा भित्र तरंग उत्पन्न भएको छ । उपाध्यक्षमा डालवहादुर श्रेष्ठ ३९४ मतका साथ विजयी भएका छन् । उनका प्रत्यासी राजेन्द्र प्रसाद तिमल्सीनाले २७७ मत प्राप्त गरे ।   

सचिवमा नेकपाका रामचन्द्र हुमागांई नेकपा कांग्रेसका हरिकुमार दनै सँग मात्र ५ मतले पराजीत भए । हुमागांईले ३३३ मत तथा दनैले ३३८ मत पाए ।   

कोषाध्यक्षमा विजयी हरिमाया उप्रेतीले ३५० मत तथा प्रत्यासी सुवास सिलवालले २८२ मत तथा सहसचिवमा नेकपा निकटका प्रकाश सेढाईले ४१४ मत तथा काग्रेश निकटका सर्वेश्वर थपलियाले २२३ मत प्राप्त गरे । 

कार्यसमिति सदस्यहरुमा नेकपा निकटका सबै जना निर्वाचित भए । सदस्यहरुमा कृष्णकला खरेल, गोविन्द श्रेष्ठ, गंगामाया रुम्वा, दुर्गामणी सेढाई, विनोद कुमार श्रेष्ठ र लक्ष्मण श्रेष्ठ निर्वाचित भए । लेखा समिति संयोजकमा पनि नेकपा निकटका लक्ष्मण प्रसाद वर्तौलाले कांग्रेस निकटका चेतनाथ पाण्डेलाई पराजीत गरे । वर्तौलाले ४९४ मत तथा पाण्डेले ११९ मत पाए । निर्वाचन समिति संयोजकमा पशु सेवा शाखा प्रमुख शैलेन्द्र भण्डारी, सदस्यहरुमा पूर्ण वहादुर थापा र खिलकान्त रुवाली रहेका थिए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *