अमेरिकाले स्वदेश फर्कायाे आफ्ना नागरिक, सरोज खनाल पनि फर्किए

चैत्र २३, काठमाडौं । विश्वभर कोरोना भाइरस (कोभिड १९) को महामारी चलिरहेको छ । यतिबेला विदेशमा भएका सबै नागरिक स्वदेश फर्कन्छन् ।  

नेपालमा रहेका कलाकार सरोज खनाल भने यतिबेला अमेरिका फर्किएका छन् । आफ्ना देशका नागरिक फर्काउन आइतबार अमेरिकाले चार्टर गरेको प्लेनमा नेपालमा रहेका अन्य अमेरिकी नागरिकसँगै कलाकार खनाल पनि फर्किएका हुन् ।  

लामो समय अमेरिका बसेर नेपाल फर्किएका उनी पोल्ट्री व्यवसायसँगै फिल्म क्षेत्रमा समेत सक्रिय थिए ।  

अभिनेता खनाल अमेरिकाका नागरिकताधारी नागरिक हुन् । उनको परिवार अमेरिकाको भर्जिनियामा बस्दै आएका छन् । परिवार भेट्नको लागि उनी अमेरिका फर्कन लागेका हुन् ।  

अमेरिकाले नेपालमा रहेका आफ्ना नागरिकलाई स्वदेश फर्काउने क्रम जारी राखेको छ। आइतबार पनि ३०३ अमेरिकीलाई लिएर कतार एयरवेजको विमान अमेरिकाको डालास जाँदैछ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *