झाडापखालबाट सिंगो गाउँ नै प्रभावित, बिरामी हुनेको संख्या १४८ पुग्यो

 

वैशाख १३, गुल्मी । गुल्मीमा झाडापखालाबाट सिंंगो गाउँ नैै प्रभावित भएको छ । 

मुसिकोट नगरपालिका–४ स्थित दजाकोट गाउँका अधिकांश स्थानीय झाडापखालाका कारण इन्तु न चिन्तु भएका छन् । 

null

झाडापखालबाट गाउँमा ५८ जना बिरामी परेका र ३ जनाको अवस्था नाजुक रहेको स्थानीय हरि छन्तेलले जानकारी दिए। झाडापखालाबाट अहिलेसम्म १ सय ४८ जना बिरामी परेका छन् । 

बिरामीमध्ये चार जनाको जिल्ला अस्पताल तम्घासमा र एक जनाको बुटवलमा उपचार भइरहेको छ । अरु केहीको स्थानीय स्वास्थ्य संस्था र शिविरमा उपचार भइरहेको छ । केही भने उपचारपछि घर फर्किएको जानकारी दिइएको छ । 

७५ घरधुरी रहेको दजाकोटमा बालकदेखि वृद्धसम्ममा झाडापखालाको समस्या देखिएको छ । झाडापखालाको संक्रमण नफैलियोस् भनेर गाउँका विद्यालय पनि केही दिनका लागि बन्द गरिएको छ । 

लुरेखोला मुहानको पानी नउमाली सिधै पिउने गरेकाले झाडापखालाको संक्रमण फैलिएको हुनसक्ने अनुमान गरिएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *