निजामती कर्मचारीको सामूहिक राजीनामा स्वीकृत हुने

 

साउन २२, काठमाडौँ । सरकारले निजामती कर्मचारीले सामूहिक राजीनामा दिए स्वीकृत गर्ने भएको छ । 

बुधबारको राज्य व्यवस्था समितिको बैठकमा संघीय संसद प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिमा छलफलमा रहेको संघीय निजामती सेवको गठन, संचालन र सेवाको शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक माथिको छलफलको क्रममा यस्तो व्यवस्था राख्ने सहमति भएको हो । 

null

निजामती सेवाका कर्मचारीहरुले बिभिन्न कारणले सामूहिक राजीनामा दिए विधेयकको दफा १२१ अनुसार सरकारले राजिनामाको लागि स्वीकृत गर्नसक्ने व्यवस्था रहेको छ । 

यो व्यवस्था गर्दा सरकारको नेतृत्व गरिरहेको दल नेपाल कम्युनिस्ट पार्टीले समर्थन जनाएको छ भने प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसदले भने असहमति जनाएका छन्। 

कांग्रेसका सांसदहरुले पनि सामूहिक राजीनामाको व्यवस्थाको विपक्षमा धारणा राख्दै दिलेन्द्र बडु, देवेन्द्रराज कँडेल, डिला संग्रौलालगायतले ट्रेड युनियनबाट तर्सिएर सामूहिक राजीनामा आए स्वीकृत गर्ने व्यवस्था प्रस्ताव गरिएको भन्दै विरोध गरे । 

सांसद झपट रावल, अन्जना विसंखे, रेखा शर्मा, यशोदा सुवेदी, नवराज सिलवाल, विजय सुब्बालगायतका सांसदलगायतले सामूहिक राजीनामा स्वीकार गर्नुपर्नेमा समर्थन जनाएका थिए। 

कर्मचारीले यस अघी सामूहिक राजीनामाको नाममा राजीनामा दिने धम्की दिँदै सेवा ठप्प गर्दा पनि सरकार निरीह बन्नु परेको अवस्था थियो । 

यस सम्बन्धी बसेको बैठकमा मन्त्री लालबाबु पण्डितले भने, ‘कहिलेकाहीँ ट्रेड युनियन संस्थागत वा चिकित्सकबाट सरकारलाई दबाव दिने गरी सामूहिक राजीनामा आउँछ, त्यस्तो अवस्थामा राजीनामा स्वीकृत गर्न पनि नसक्ने र काम गर्न पनि अप्ठेरो हुने भएकाले यसको आवश्यकता छ ।’ 

तर, यस विषयमा मन्त्रालयका सचिव यादव कोइरालाले भने ‘व्यक्तिगत रुपमा सनाखत गरेर राजीनामा स्वीकृत गर्ने विषय हो । सामूहिक राजीनामा आउँदा स्वीकृत गरिहाल्नु उपयुक्त हो कि होइन थप छलफल गरौं ।’ 

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *