‘वान टू वाच प्राइज’ बाट ओपो सम्मानित

कार्तिक ११, काठमाडौं । स्मार्टफोन उद्योगकै अग्रणी ब्राण्ड मध्ये एक, ओपोलाई लण्डनमा टेकरेडारद्वारा आयोजित मोबाइल कञ्जुमर च्वाइस अवार्ड समारोहमा ‘वान टू वाच प्राइज’ द्वारा सम्मानित गरिएको छ । 

यस वर्ष ओपोले आफ्नो नव प्रवद्र्धनात्मक प्रविधि र मापदण्ड भन्दा माथी उठेर विकासका चुनौति स्विकार्ने प्रवृृत्तिका कारण शाब्दिक रुपमा जुरीलाई उत्साहित तुल्याउन सफल भएको देखिन्छ । तीव्र प्रतिस्पर्धाका बाबजुद ओपोले आफूलाई यस वर्षको हेर्नैपर्ने ब्राण्डका रुपमा स्थापित गर्न सफल भएको छ । 

‘हाम्रो ब्राण्ड र उत्पादनप्रतिको निरन्तर माया, साथ र सहयोगका लागि हामी समस्त उपभोक्ता प्रति कृतज्ञ छौँ । यस एवार्डले उपभोक्ताका चाहना, माग र आवश्यकताको समाधानका लागि हाम्रो नवप्रवद्र्धन, डिजाइन र विकास प्रतिको निरन्तर लगाव र प्रयत्नको सम्मानका रुपमा हामीले लिएका छौँ’, सम्मानका बारेमा बोल्दै ओपो नेपालका प्रमुख कार्यकारी अधिकृत बबी ट्राओले भने, ‘यो सम्मानले हामीलाई भविष्यमा अझ उत्कृष्टताका साथ प्रस्तुत हुने प्रोत्साहन मिलेको छ । साथै, यसले हाम्रा मूल्य मान्यता र भविष्य लक्षित स्मार्टफोन निर्माण गर्ने निरन्तर तृष्णा प्रतिबिम्बित गर्छ ।’ 

null

यस प्रतिष्ठित एवार्डले ओपोलाई स्मार्टफोन बजारको एक अग्रणी ब्राण्डका रुपमा स्थापित आफ्नो छविलाई निरन्तरता दिएको छ । नवप्रबद्र्धनात्मक प्रविधि, क्रान्तिकारी डिजाइन र कलात्मक उत्पादनका लागि ओपोको निरन्तर प्रतिबद्धताको सम्मान स्वरुप यो एवार्ड प्रदान गरिएको हो । 

उपभोक्ताद्वारा भविष्यको नवप्रबद्र्धन छनोट 

विभिन्न कम्पनी मध्यबाट उपभोक्ताको छनोटका आधारमा लण्डनमा आयोजित कार्यक्रम मार्फत् ओपोलाई ‘वान टू वाच प्राइज’ द्वारा सम्मानित गरिएको हो । 

करिब ३ महिना अगाडी मात्रै ओपो आधिकारिक रुपमा यूरोप प्रवेश गरेको हो । यो छोटो अवधिमै यूरोपेली बजारमा ओपोलाई अग्रणी ब्राण्डका रुपमा हेर्न थालिएको छ । कम्पनीले यस वर्षकै महत्वपूर्ण प्राविधिक विकासका रुपमा हेरिएको स्टिल्थ थ्रीडी क्यामेरा मार्फत सबैलाई चकित तुल्याएको छ । 

एवार्डका बारेमा मोबाइल च्वाइस कञ्जुमर एवार्ड, विगत १८ वर्षदेखि मोबाइल उद्योगका उत्कृष्ट (ह्याण्डसेट देखि सर्भिस, ब्राण्ड्स देखि रिटेलर) लाई सम्मानित गरिने कार्यक्रम हो । 

सन् २०१८ को विशेष संस्करणका लागि मोबाइल च्वाइस अवार्डले यूकेको अग्रणी प्राविधिक वेभसाइट ‘टेकरेडार’ सँग अझ बढी उपभोक्ता भोटिङका लागि सहकार्य गरेको छ । 

वान टू वाच एवार्ड मार्फत कार्यक्रमले भविष्यको मोबाइल उद्योगलाई नयाँ आयाम र परिभाषा दिन प्रयत्नरत कम्पनीलाई सम्मान दिएको जनाइएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *