नायिका पूजना प्रधानले ‘द सुपर मम’ को नाममा ठगी गरेको आरोप

 

काठमाडौं, ३ जेठ । गत बैशाख २९ गते काठमाडौंको प्रज्ञा प्रतिष्ठानमा सम्पन्न भएको ‘द सुपर मम’ नामक प्रतियोगितामा आयोजकले धाँधलीपूर्ण, ढंगले निर्णय गरि आफूहरुको आत्मसम्मानमा ठेस पुर्याउने काम गरेको भन्दै प्रतियोगितामा सहभागी प्रतिष्पर्धीहरुले गम्भिर आरोप लगाएका छन् । उनीहरुले पाएको ताज तथा मेडल समेत फिर्ता गरेको घोषणा गरेका छन् । 

शुक्रबार रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गर्दै प्रतियोगितामा सहभागी दश जना प्रतियोगीहरुले एकै स्वरमा यस्तो दाबी गरेका हुन् । नायिका पुजना प्रधानले आयोजना गरेको उक्त प्रतियोगितामा पैसाको चलखेलमा निर्णयकर्ताको निर्णयलाई बेवास्ता गरी मनोमानी ढंगले निर्णय गरेको उनीहरुको आरोप छ । उनीहरुकाअनुसार उक्त प्रतियोगितामा १६ जना प्रतिष्पर्धीहरु सहभागी थिए । 

null

निर्णायकको निर्णयलाई बेवास्ता गरि आयोजक पूजना प्रधानले एक्लैले के उद्देश्यका लागि निर्णय गरिन् रु भन्दै उनीहरुले प्रश्नसमेत तेर्साएका छन । ‘७ जना निर्णयायक मध्येबाट ३ जनाको निर्णयलाई हामी प्रतिष्पर्धीहरु समक्ष किन ल्याईएन रु’ उनीहरुले जारी गरेको विज्ञप्तीमा भनिएको छ । आएका निर्णयहरुपनि तलमाथि गरि नम्बर घटाउने र बढाउने काम गरेको उनीहरुको दाबी छ । 

आफूहरुले निर्णय माग्दा आयोजकबाट उल्टै हातपात तथा गालीगलौजको प्रयास भएको भन्दै उनीहरुले असन्तुष्टि पोखे । आयोजक प्रधान र उनकी आमाले उक्त प्रतियोगितालाई सुनियोजित, प्रायोजित र षड्यन्त्रमूलक ढंगले पहिलो र तेस्रो बनाउने पूर्व योजना भएको पनि खुल्न आएको उनीहरुको दाबी छ । 

  

पत्रकार सम्मेलनमा बोल्दै प्रतियोगितामा सेकेण्ड रनरअपको ताज पाएकी अमृता शर्माले प्रतियोगिता नै धाँधलीपूर्ण र पक्षपाती भएकोले आफूहरुले पाएको ताजसमेत फिर्ता गरेको स्पष्ट पारिन् । ‘यो प्रतियोगिता समाजभित्र पिल्सिएर बसेका महिलाहरुलाई सशक्त बनाउनु थियो । तर, आयोजकले महिलाहरुको भावनामाथि खेलबाड गरे । हामीहरुलाई सौन्दर्यको वस्तु बनाईयो ।’ उनले भनिन् । 

शर्माले आयोजकले आफूहरुलाई गुमराहमा राखी निर्णयकर्ताहरुको निर्णयलाई समेत अवमूल्यमन गरेको गुनासो पोखिन् । शर्माले आफूहरु आयोजकबाट ठगिएपनि अब आईन्दा आफूहरुजस्तै अरु आमाहरु नठगियुन भन्ने हेतुले आयोजको ज्यादती र मनोमानीको भण्डाफोर गरेको स्पष्ट पारिन् । 

पुजना प्रधानले आफूहरुजस्ता आमाहरुलाई सौन्दर्य प्रदर्शन गराई गलत फाईदा उठाई कमाउ धन्दामा लागेर अयोग्य र असक्षम प्रतियोगीलाई ताज जिताउन दुवैबीच आर्थिक सम्झौता भएको पनि आफूहरुले पेश गरेको कागजजातले पुष्टि गरेको अर्की प्रतिष्पर्धी निलम श्रेष्ठले दाबी गरिन् । 

‘यो प्रतियोगितामा पैसाको चलखेलमा पहिलो विजेता बनेकी थाईल्याण्डमा बस्दै आएकी एमी कर्माचार्यको ताज नेपालमै फिर्ता गरिनुपर्छ ।’ श्रेष्ठले भनिन् । प्रतियोगीमध्येकी एमी कर्माचार्यलाई प्रथम बनाउन र बाला राईलाई तेस्रो बनाउनको लागि सोधिने प्रश्नपत्र आउट गरिएको र प्रतियोगीकी बुहारीलाई त्यसै कार्यक्रममा सहभागी गराई निर्णयकर्ताको निर्णय निज बुहारीले संकलन गरेको प्रत्यक्ष दर्शक र आफूहरु प्रतियोगीहरुले देखेको पुष्टि हुने उनीहरुको दाबी छ । 

उक्त कार्यक्रममा बोलाईएका सञ्चारमाध्यम र फोटोग्राफरलाई मन परेका प्रतियोगीहरुलाई मात्र अग्रसर गराई पक्षपात ढंगले उनीहरुमाथि मात्रै केन्द्रित गरिएको पनि उनीहरुको गम्भिर आरोप छ । त्यस्तै, फोटोजेनिक हुनै नसक्ने प्रतियोगीलाई फोटोजेनिक अवार्ड दिईएको उनीहरुको आरोप छ । 

जारी विज्ञप्तीमा थप भनिएको छ,‘पुजना प्रधानले आफ्नो हिट्लर शैलीमा सोझा साझा आमाहरुलाई प्रयोग गरि उनको आर्थिक र सामाजिक प्रतिष्ठा कमाउन हामीलाई किन प्रयोग गरिन् रु’ उनीहरुले आयोजकलाई कानूनी कठघरामा उभ्याई कारबाही गर्नुपर्नेपनि माग गरेका छन् । 

अर्की प्रतिष्पर्धी सुष्मा कार्कीले निर्णायकहरुको नम्बरको आधारमा आफू तेस्रो हुनुपर्नेमा उपाधिविहीन बनाईएको आरोप लगाईन । त्यस्तै, उनले शीर्ष दशभित्र आउन नसक्ने प्रतिष्पर्धी एमी कर्मचार्यलाई फष्ट रनरअप र बाला राईलाई तेस्रो विजेता बनाईएको दाबी गरिन् । 

प्रति व्यक्ति १ लाख ५० हजारका दरले आफूहरुको खर्च भएको भन्दै आयोजक पुजनाले उक्त रकम फिर्ता गर्नुपर्ने उनीहरुको माग छ । पत्रकार सम्मेलनमा प्रशिक्षक करुणा रिजाल, प्रतियोगीहरु निलम श्रेष्ठ, सुष्मा कार्की, गीता दाहाल, लक्ष्मी श्रेष्ठ, शुभेच्छा रिमाल, विमला तिमल्सिना ९नेवार०, अमृता शर्मा, ईशारा थपलिया र कमला थपलिया सहभागी थिए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *