‘रअ प्रमुखसँग प्रधानमन्त्रीको भेट भएकै छैन, अनावश्यक हल्ला चलाइयो’

 

साउन ९, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले भारतीय गुप्तचर संस्था ‘रअ’ का प्रमुखसँग प्रधानमन्त्रीको भेट नभएको दाबी गरेका छन् । 

मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न बिहीबार सञ्चार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री बाँस्कोटाले यस्तो दाबी गरेका हुन् । 

null

‘प्रधानमन्त्रीसँग भारतीय गुप्तचर संस्था ‘रअ’ का प्रमुख सामन्त कुमार गोयलले भेटेको मलाई थाहा छैन । ‘रअ’ यदि आएकै हो र भेटेकै हो भने डिप्लोमेटिक प्रोटोकल अनुसारकै हुनुपर्छ । प्रधानमन्त्रीज्युले भेट्नुभएको छैन । अनावश्यक हल्ला चलाइयो’, मन्त्री बाँस्कोटाले भने । 

प्रधानमन्त्री र ‘रअ’का प्रमुखको भिन्दाभिन्दै स्थानको फोटो राखेर ढाँटियो भनेर प्रचार गरिएको दाबी गर्दै उनले रअका प्रमुखलाई भेटनै नहुने नभएको स्पष्ट पारे । 

केही दिनअघि भारतीय गुप्तचर निकाय रअका प्रमुख समान्त गोयल नेपाल भ्रमणमा आएका बेला प्रधानमन्त्री केपी शर्मा ओली, अध्यक्ष पुष्पकमल दाहाल र कांग्रेस सभापति शेरबहादुर देउवासँग भेटवार्ता भएका समाचारहरु प्रसारण भइरहेका थिए । 

कूटनीतिक आचारसंहिता विपरीत जासुसी निकायका प्रमुखसँग भेटेको भन्दै नेताहरुको आलोचना समेत भइरहेको थियो ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *