चीनमा नेपालीको मृत्यु, परिवारद्वारा घटना छानबिन गर्न माग

काठमाडौं, १४ जेठ । नेपालको सीमावर्ती क्षेत्र चीनको देन्दाङमा करेन्ट लागेर नेपालीको मृत्यु भएको छ । संखुवासभाको मकालु गाउँपालिका–२ का अमरबहादुर खुम्बुको आइतबार मृत्यु भएको संखुवासभाका डीएसपी मीमबहादुर लामाले जानकारी दिए । 

 

चीन सरकारले निर्माण गरेको नयाँ निकुञ्जको भवनमा काम गर्ने क्रममा करेन्ट लागेर उनी घाइते भएका थिए । उपचार गर्न नेपाल ल्याउने क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ। यो खबर आजको अन्नपूर्ण पोस्टमा छापिएको छ । 

null

परिवारले भने उनको मृत्यु रहस्यमय भएको बताएका छन् । ‘भाइको करेन्ट लागेर मृत्यु भएको भनिएको छ, तर जिउमा निलडाम भएकाले शंका लागेको छ,’ मृतकका दाजु खुसीराम खम्बुले भने, ‘घटनाको निष्पक्ष रूपमा अनुसन्धान हुनुपर्छ ।’ 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *