पर्यटन मन्त्रीलाई गाली गलौज गर्ने शाही रिहा

भाद्र ३०, काठमाडौँ । संस्कृति तथा पर्यटन मन्त्री योगेश भट्टराई गाली गलौज गर्ने ज्ञानेन्द्र शाहीलाई प्रहरीले सोमबार बिहान रिहा गरिएको छ । 

ललितपुर प्रहरीले  उनलाई विमानभित्र मन्त्री भट्टराईलाई गाली गलौज गरेको आरोपमा शाहीले नै आयोजना गरेको पत्रकार सम्मेलनबाट नियन्त्रणमा लिएको थियो  । 

शाहीले गत शनिबार साँझ बुद्ध एयरको विमानभित्र  नेपालगञ्ज विमानस्थलमा मन्त्री भट्टराईका कारण विमान उडान १ घण्टा ढिलो भएको भन्दै अभद्र व्यवहार गरेका थिए ।   

Related image

तर मन्त्री भट्टराईले भने १ घण्टा नभई १५ मिनेट ढिला भएको जनाएका छन् र उनले त्यसको लागि माफी समेत मागेका थिए । उनले सामाजिक सञ्जाल फेसबुक पेजमा थिए, ‘आज कैलाली जिल्लाको टिकापुरमा आयोजना भएको डलफीन महोत्सबको कार्यक्रम सकेर बुद्ध एयरको धनगढीको अन्तिम उडानबाट काठमान्डौ र्फकने मेरो योजना रहेको थियो । तर, कार्यक्रम ढिला भएका कारण बुद्ध एयरसँग अनुरोध गरेर नेपालगञ्जको अन्तिम उडानबाट काठमाडौं र्फकने क्रममा केही ढिला हुन गएको सत्य हो । 

शाहीले मन्त्री भट्टराई गाली गलौज गरेको भिडियो सामाजिक संजालभरी नै भाइरल समेत भएको थियो । ललितपुर प्रहरी परिषरका अनुसार रिहा गरिएको शाहीमाथी कुनै मुद्दा चलाईएको छैन ।   

  

  

  

  

  

  

  

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *