डा. वीएन यादव राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठानको शिक्षाध्यक्ष नियुक्त
माघ १६, काठमाडौं । राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठानको शिक्षाध्यक्षमा प्रा.डा. विश्वनाथ ( विएन) यादव नियुक्त भएका छन् । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा कार्यरत डा. यादवलाई राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठानकी उपकुलपति प्रा.डा. संगिता भण्डारीले शिक्षाध्यक्षमा सिफारिस गरेपछि स्वास्थ्य मन्त्री उपेन्द्र यादवले नियुक्त गरेका हुन् ।
null
राप्ति प्रतिष्ठानको ऐन २०७४ को दफा २० (१) अनुरुप डा. विएन यादवलाई शिक्षाध्यक्षमा नियुक्ति गरिएको हो ।
प्रतिष्ठानको शिक्षाध्यक्ष भएपछि डा. यादवले मकाल खबरसँग संक्षिप्त प्रतिकृया राप्ति प्रतिष्ठानको शैक्षिक विकासमा आफ्नो क्षमता अनुसार काम गर्ने बताए । उनले भर्खरै सुरु भएको प्रतिष्ठानलाई देशकै नमूना स्वास्थ्य प्रतिष्ठान बनाउन र त्यहाँ मेडिकल शिक्षा सञ्चालन गर्न आफु लागि पर्ने बताए । ‘जिम्मेवारी बढेको छ, मलाई सरकारले दिएको जिम्मेवारी इमान्दारिताका साथ निर्वाह गर्नेछु ।’ उनले भने ।
यस अघि प्रतिष्ठानको शिक्षाध्यक्षमा डा. रतिन्द्रनाथ श्रेष्ठ थिए । उनको र उपकुलपति डा. संगिता भण्डारी विच लामो समय विवाद भएकोमा केहि महिना अघि उनले काम गर्ने वातावरण नभएको भन्दै शिक्षाध्यक्ष पदबाट राजिनामा दिएका थिए ।
राप्ति प्रतिष्ठानको उपकुलपतिमा धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानकी प्रा.डा. संगीता भण्डारी, प्रतिष्ठानकै रामप्रसाद प्याकूरेल रजिष्ट्रार रहेका छन् ।