सफ्ट ड्रिंकका कारण यी रोगहरु लाग्न सक्छ
बैशाख १९ । गर्मी सुरु भएसँगै कोलाजन्य सफ्ट ड्रिंकको माग बढी हुने गर्दछ । यसको माग जाडोमा भन्दा गर्मीमा बढी हुन्छ । गर्मीमा यो खाँदा शरिरलाई शितलता प्रदान गर्ने भएपनी यसले हाम्रो स्वास्थ्लाई नकरात्मक असर पुर्याइ रहेको हुन्छ । सफ्ट ड्रिंक बिभिन्न केमिकल बिभिन्न कलरलाई मिश्रण गरी बनाईएको हुन्छ ।
३५० मिलिलिटरको एक बोतल सफ्ट ड्रिंकमा १० चम्चा बराबर चिनी हुन्छ । यो परिमाणको चिनीले मानिसलाई स्वास्थ्य सम्बन्धी बिभिन्न रोगहरु लागि रहेको पाईन्छ । त्यस्तै यसमा राखिएको क्याफीन तत्वले यो खाने लत नै बसाई दिन्छ । हामीले एक छिनको शिलताको लागि सफ्ट ड्रिंकको सेवन गरेपनी यसले हाम्रो स्वास्थसँग खेलवाड गरीरहेको हुन्छ । यी कुराहरु थाहा पाएर होस् या थाहा नपाएर मानिसहरु गर्मी मौसममा दैनिक जसो सेवन गरी रहेको पाईन्छ । यसरी सफ्ट ड्रिंक सेवन गर्दा स्वास्थ्यमा के के असर पुर्याउछ तल दिएका छन् ।
null
क्यान्सरको खतरा बढ्छसफ्ट ड्रिंकलाई राम्रो देखाउने क्रममा अनेक रङ्ग तथा अमोनियम तत्वको प्रयोग हुने गरेको बताइन्छ । केमिकल्स, सल्फाइट्स र चिनीको मिश्रणबाट सफ्ट ड्रिंक बनाउने भएकोले यो तत्वहरुको रियाक्सनले शरिरमा क्यान्सर लाग्ने तत्व निमार्ण गर्ने अवयव बन्ने बताइन्छ । यतिमात्र नभएर नियमित सफ्ट ड्रिंक खाने पुरुषमा प्रोस्टेट क्यान्सर हुने सम्भावना ४० प्रतिशत बढ्ने पनि बताइन्छ ।
मोटोपनमानव शरिरमा बल विहिन मोटोपन चाहिन्छ भने नियमित रुपमा सफ्ट ड्रिंक सेवन गर्दा हुन्छ । सफ्ट ड्रिंकको प्रयोगले शरिरमात्र मोटो हुन्छ, तागत भने हुँदैन । करिब ६ सय एमएल सफ्ट ड्रिंकमा करिब २४० क्यालोरी हुने बताइन्छ । यो हिसाबले दैनिक १ कपमात्र सफ्ट ड्रिंक खाने व्यक्तिको एक वर्षमा कम्तिमा ६ केजी वजन बढ्दछ ।
मधुमेहसफ्ट ड्रिंकमा हुने चिनीको मात्रा पचाउन हाम्रो शरिरको इन्सुलीन तत्वलाई अनावश्यक भार पर्दछ । हाम्रो व्यस्त जीवनशैलीका बावजुद धेरै शारीरिक मेहनत नगर्ने प्रवृत्ति भएकाले सफ्ट ड्रिंकको प्रयोगले हामीले मधुमेहको रोगी बनाउने खतरा रहन्छ ।
हाडमा समस्यासफ्ट ड्रिंकको सेवनको कारण शरिरको हाड क्षय हुने क्रम अधिक हुने बताइन्छ, जसको कारण हाड कमजोर भइ टुक्रिन थाल्छ । त्यस्तै यसमा भएको क्याफीन तत्वले शरिरको क्याल्सीयम पनि बाहिर निकाल्ने काम गर्छ । यसको सिधा असर शरिरको हाडहरुमा पर्दछ ।
दाँतमा समस्यासफ्ट ड्रिंक सेवन गरिरहँदा यसले शरिरमा एसिडको स्तर ह्वात्तै बढाउँछ । यो खाएपछि हुलुक्क पानी आउँदा पेटको एसिड सबै मुखमा आउने र यसले दाँतलाई क्षय गर्ने गर्दछ ।
किडनी बिगार्छसफ्ट ड्रिंकमा हुने एसिडिक लिक्वीड र फस्फोरिक एसिडले शरिरको नियमित प्रक्रियामा अडचन पुर्याउने बताइन्छ । यसको सिधा असर मानिसको किडनीमा पर्छ । त्यस्तै यसको सेवन पथ्थर र किड्नी फेल हुने सम्भावना अधिक हुने पनि बताइन्छ ।
लिभरमा बोसो जम्छकोलाजन्य सफ्ट ड्रिंकमा अधिक मात्रा चिनी हुन्छ । यहि चिनी लिभरमा गएर जम्मा हुन्छ र त्यहि चिनी नै पछि बोसोको रुपमा बस्दै अनेक रोगको कारण बन्दछ ।
मुटुरोगको खतराविभिन्न अध्ययनहरु अनुसार नियमित सफ्ट ड्रिंक खानेहरुमा अन्यको तुलनामा मुटुरोगको खतरा अधिक पाइएको बताइन्छ ।