इन्स्पेक्टर बमको दमः पुनर्वासमा ब्राउन सुगरसहित दुई जना पक्राउ

कात्तिक २९, पुनर्वास । कञ्चनपुरको पुनर्वासमा ब्राउन सुगरसहित बुधबार दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । 

इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीको नियमित चेकजाँचका क्रममा उनीहरुलाई १० ग्राम ब्राउन सुगरसहित प्रहरीले पक्राउ गरेको हो । 

पक्राउ पर्नेमा कैलाली जिल्ला गोदावरी नगरपालिका–३ का २० वर्षीय प्रमोद चौधरी र धनगढी उपमहानगरपालिका–१३ का २० वर्षीय सुवास राना रहेका छन् । 

null

से१प ७६१७ नम्बर मोटरसाइकल प्रयोग गरी पुनर्वासबाट धनगढीतर्फ जाँदै गर्दा पुनर्वास नगरपालिका–१० दोंदा पुलबाट उनीहरु पक्राउ परेका थिए । 

ब्राउन सुगर जस्तो घातक जुन मिलि ग्राममा मुद्दा चल्ने, १० ग्राम निक्कै ठूलो परिणाम भएको इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रहरी नायब निरीक्षक गणेश खडायतले बताए । 

कञ्चनपुरको पुनर्वासमा एक साता नबित्दै इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीले आठ जना लागू औषध कारोबारीलाई पक्राउ गरेका छन् । 

गत आईतबार दुई किलो चरेस सहित धनगढी उपमहानगरपालिका–१, पशुपतिटोलका ३५ वर्षीय साने आलम र सोही टोलका ३३ वर्षीय सुनिल शर्मालाई इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीले पक्राउ गरेको थियो भने गत मंगलबार सरकारबाट प्रतिबन्धित लागूऔषध नाईट्रो भ्याट ट्याबलेट ५४ थान र स्पासमो ट्याबलेट २१ थानसहित कैलालीका सुनिल परियार, सागर ताम्राकार, गोमा खत्री र पूजा देउबालाई इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीले नै पक्राउ गरेको थियो । 

इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रमुख प्रहरी निरीक्षक कर्णबहादुर बमले लागूऔषध विरुद्धमा आफ्नो दम देखाएका छन् । 

एक साता नबित्दै प्रहरी निरीक्षक बमले आठ जना लागू औषध कारोबारीलाई पक्राउ गरी आफ्नो दम देखाएका हुन् । 

जिल्लाको दक्षिण क्षेत्र पुनर्वासका दशगजासँगै जोडिएका भारतीय बजारहरुबाट सरकारबाट प्रतिबन्धित लागूऔषधको व्यापार वर्षौदेखि धुमधामसँग चलिरहेकै बेला इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीको यो हालसम्मकै दमदार कार्य सिद्ध भएको छ । 

लागू औषध नियन्त्रणमा केही दिनदेखि इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीले आफ्नो दख्खल र दक्षता देखाउँदै आएका छन् । नेपाल–भारत सीमा नाका पुनर्वासबाट पछिल्लो समय लागूऔषधको ओसार–प्रसार बढेपछि त्रिभुवनबस्ती प्रहरीले विशेष अभियान थालेका हुन् । 

सीमा क्षेत्रमा लागूऔषधको ओसार–पसार तथा प्रयोगकर्ता दिनानुदिन बढेपछि सर्वत्र चिन्ताको विषय बनिरहेकै बेला त्रिभुवनबस्तीका इन्स्पेक्टर कर्णबहादुर बमको यो कदमले यतिखेर सर्वत्र चर्चा कमाएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *