आफ्नो फिटनेस को यसरी ख्याल गर्नुहोस्
बैशाख १८ । एउटा स्वास्थय व्यक्तिले मात्र एउटा स्वास्थ्य समाज स्वास्थय राष्ट्रको निर्माण गर्न सक्छ । यी कुराको लागि मानिसले आफ्नो फिटनेसप्रति ख्याल गर्नुपर्ने हुन्छ । फिटनेशमा ख्याल गर्नु भनेको आफ्नो सौन्दर्यलाई कायम राख्नु मात्र नभई स्वास्थयलाई पनि ख्याल गर्नु हो ।
मानिसको सबैभन्दा महत्वपूर्ण कुरा स्वास्थ्य र सुरक्षा हो । स्वास्थ्य र सुरक्षाको महशुस भयो भने मानिस तन्दुरुस्त भएको मानिन्छ । हामीले आफ्नो फिटनेशको कसरी ख्याल गर्नुपर्छ केही कुरा तल बताईएको छ ।
null
सन्तुलन भोजन घरमा पकाएको साधारण खानाले मानिसको स्वास्थ्यमा नकरात्मक असर गर्दैन । त्यसैले बाहिरको खानामा कमै मात्रमा बल गर्नुपर्छ । गर्मीको समयपनि छ पानी स्वास्थ्यका लागि आवश्यक तरल पदार्थ हो । दिनमा ५ देखि ६ लिटरसम्म पिउँदा शरीरमा ऊर्जा दिनुका साथै निरोगी बनाउन सहयोग पुर्याउँछ ।
एक्सरसाइजफिट रहन धेरै समय व्यायाममा समय खर्चनु पर्दैन। बिहानको समयमा १५ देखि २० मिनेट जति शारीरिकमा पसिना आउने गरी व्यायाम गर्नुपर्छ । स्वास्थ्यका दृष्टिकोणले नियमित व्यायाम गर्न आवश्यक पर्ने डाक्टरहरुको सुझाव छ ।
जिम मानिसको फिटजेसान जिमले ठूलो भूमिका खेलेको हुन्छ । उमेर बढ्दै जाँदा देखिने विभिन्न रोग र शारीरिक कमजोरी हटाउन जिम गर्न आवश्यक छ । जिम जानाले मानिसको मांसपेशी र हड्डी बलियो बनाउने काम गर्छ ।
चिल्लो बन्देज अत्यधिक पिरो र अमिलो खानेकुराले शरीरमा विभिन्न समस्या उत्पन्न गराउँछ । चिल्लो पदार्थले मानिसलाई ग्यास्ट्रिक, मोटोपनलगायतका समस्या निम्ताउँछ । तारेका माछा-मासु कम मात्रमा खाँदा स्वास्थ्यका लागि बढि फाइदा हुन्छ ।
सकारात्मक सोच व्यवहार र विचारमा सकारात्मक ल्याउन सकेमा कुनै पनि व्यक्ति पूर्ण रुपमा स्वस्थ रहन सक्छ । अरुसँग राम्रो व्यवहार गर्ने, संगत राम्रो गर्ने र कामबारेमा सकारत्मक तरिकाले सोच्ने गर्ने हो भने मानिसको जीवनशैलीमा स्वतः परिवर्तन आउँछ ।
आफ्नै लागि समय व्यस्त जीवनशैलीले आजकाल अधिकांश मानिस डिप्रेसनतिर गइरहेको छ । काम गर्नका लागि शरीरमा ऊर्जा आवश्यक हुन्छ । यसका लागि दिमाग शान्त हुनुपर्छ । त्यसैले, हरेक व्यक्तिले कम्तीमा १५ मिनेट आफ्नै लागि समय निकाल्न जरुरी छ । हरेक दिन शान्त ठाउँमा बस्ने र ग्याजेटबाट टाढा रहने हो भने फ्रेस भइन्छ ।
तनावबाट टाढा कुनै मानिस फिट र फाइन रहन खुसी हुन जरुरी छ । आफन्त र साथीभाइसँगको सम्बन्ध कस्तो छ, तनाव कत्तिको लिन्छ या लिँदैन भन्नेमा निर्भर रहन्छ । यसले मानसिकसँगै शारीरिक स्वास्थ्यमासमेत बराबर प्रभाव पारिहेको हुन्छ । त्यसैले हरेक परिस्थितिमा पनि खुसी हुने कोसिस गर्छु । परिवारसँग प्रशस्त समय बिताउनु पर्छ ।
पर्याप्त निद्राआजभोलि प्रायः मानिस राति अबेरसम्म ग्याजेट चलाउने गर्छन् । यसले स्वास्थ्यमा ठूलो असर पारिरहेको छ । राति अबेरसम्म नसुत्दा निद्रा नपुग्ने समस्या हुन्छ । अनिद्राका कारण स्वास्थ्यमा विभिन्न समस्या देखापर्छन् । तसर्थ, प्रशस्त निदाउनु आवश्यक हुन्छ । त्यसैले, समय मिलेसम्म ६ देखि ७ घन्टा सुत्ने गर्नु पर्छ । समयमा सुत्ने र बिहान पनि छिट्टै उठ्ने गर्नुपर्छ । निद्राले समेत खुसी र स्वस्थ रहन ठूलो मद्दत गरिरहेकाे हुन्छ ।