धर्नामा बसेका लगानीकर्ता लखेटेर प्रहरीले खोल्यो ताला
मकालु खबर
२०७५ चैत ११ गते
चैत १०, काठमाडौँ । नेपाल धितोपत्र बोर्डको कार्यालयमा धर्ना दिन पुगेका सेयर लगानीकर्तामाथि प्रहरीले लाठीचार्ज गरेको छ ।
सेयर बजारको विस्तार गर्न माग गर्दै बोर्डको कार्यालयमा ताला लगाएर धर्नामा बसेका सेयर लगानीकर्ता दबाब समूहको टोलीमाथि लाठीचार्ज गर्दै प्रहरीले ताला खुलाएको छ । प्रहरीले उनीहरुलाई लाठीचार्ज गर्दै लखेटेको थियो ।
null
जावालाखेलस्थित बोर्डको कार्यालय खुल्नुअघि नै सेयर लगानीकर्ता दबाव समूहको टोलीले कार्यालयमा ताला लगाएर कर्मचारीहरुलाई भित्र जान रोक लगाएको थियो ।
अर्थमन्त्री डा. युवराज खतिवडा पुँजी बजार विरोधी भएको र उनको बर्खास्ती नभएसम्म सेयर बजारमा सुधार हुन नसक्ने भन्दै उनीहरुले बर्खास्तीको माग गर्दै आएका छन् ।
मकालु खबर
२०७५ चैत ११ गते
प्रतिक्रिया
सम्बन्धित