प्रहरीले गोली हानेर समात्याे गाँजा तस्कर

 

साउन ५, काठमाडौं । मकवानपुरको मनहरी क्षेत्रमा प्रहरीले गोली हानेर गाँजा तस्करलाई पक्राउ गरेको छ । 

गएराति गाँजा तस्करीमा संलग्न कुमार स्याङतानलाई गोली प्रहार गरी नियन्त्रणमा लिएको हो । प्रहरीले उनको साथबाट एउटा पेस्तोल, पाँच राउण्ड गोली र ३५ किलो गाँजा बरामद गरेको छ । 

null

प्रहरीमामाथि गाँजा तस्कर समूहले गोली प्रहार गर्दा जवाफी फायरिङ गर्नुपरेको प्रहरीको दाबी छ । तस्करको गोली लागी नेपाल प्रहरीका असई नवीनविक्रम थापा घाइते भएका छन् । 

आज दिउँसो पत्रकार सम्मेलन गरी घटनाबारे थप जानकारी दिने प्रहरीले जनाएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *