निर्मला प्रकरणबारे महानिरीक्षक खनालः हतारमा नतिजा खोज्दा गलत अभ्यास

 

पुस ९, काठमाडौँ । नेपाल प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले निर्मला बलात्कार तथा हत्या प्रकरणमा दोषी जोसुकै भएपनि कारबाही गरिने बताएका छन् । 

सोमबार प्रहरी प्रधान कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा महानिरिक्षक खनालले निमर्लाका अपराधी जोसुकै भएपनि उन्मुक्ति नदिने बताएका हुन् । 

null

पत्रकार सम्मेलनमा बोल्दै खनालले अनुसन्धानमा प्रहरी चुकेको स्वीकारे । ‘अनुसन्धानमा प्रहरीको कमजोरी भएकै हो । हतारमा नतिजा खोज्दा गलत अभ्यास भएको भेट्यौं’, उनले भने । 

उनले घटनाको अनुसन्धानमा कमजोरी गर्ने जो कोहीलाई नछाड्ने प्रतिबद्धता जनाउँदै भने, ‘प्रहरीले छानबिन समितिको प्रतिवेदन अध्ययन गरिरहेको छ । इमान्दार भएर प्रयन्त अगाडि बढाइरहेका छौँ ।’ 

निर्मला पन्तको हत्यारा पत्ता लगाउन प्रहरीले आफूसँग भएको विज्ञताको उच्चतम सदुपयोग गरिरहेको महानिरीक्षक खनालले बताए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *