अमेरिकामा बसोबास गर्ने ईरानीहरु भन्छन्- ‘घरका न घाटका भयाैँ’
माघ २० । ‘ईरानमा रहेका मेरा परिवारलाई लिएर म निकै चिन्तित छु । न त निदाउन सकेकी छु, न भोक नै लाग्छ । मेरो शिरमा लगातार माइग्रेनको दुखाई भइरहन्छ ।’ माथिका शब्द १९ वर्षीया ईरानी मूलकी अमेरिकी नागरिक लायला ओघाबियनको हो, जो यस समय अमेरिकामा बसिरहेकी छिन् ।
अमेरिका र ईरानबिच जारी तनाव र केही समय पहिले उठिरहेको युद्धको आशंकाका कारण ईरानी–अमेरिकी समुदाय अत्यन्तै तनावपूर्ण परिस्थितिमा बाँचिरहेका छन् । लायलाका बुवा रजाको जन्म ईरानको कारमान इलाकामा भएको थियो । त्यो त्यही इलाका हो जहाँबाट ईरानी जनरल कासिम सुलेमानी आउँथे ।
सुलेमानी अमेरिकी ड्रोन हमलामा मारिएपछि दुवै देशको सम्बन्ध एकपटक फेरि बिग्रिएको छ । इरानले क्षेप्यास्त्र हमला गरेपछि संयुक्त राज्य अमेरिकाले इरानमा नयाँ प्रतिबन्ध थुपारेको छ ।
त्यस्तै अमेरिकी प्रशासनबाट ईरान विरोधी बयान र ट्वीट्सहरु आइरहेका छन् । यस्तो अवस्थामा अमेरिकामा बसोबास गरिरहेका ईरानी मलका मानिसहरु आउने दिनहरुलाई लिएर चिन्तित छन् ।
ईरानी–अमेरिकी समुदायका एक व्यक्ति भन्छन्– ‘ईरानसँग जोडिएको छलफल, चर्चा चलिरहेको समयमा यस्तो महशुष हुन्छ कि हामी सब्को नजरको तारो बनेका छौँ ।’
अमेरिकी प्रशासनले पटक पटक यो दाबी गरेको छ कि उसको कदम ईरानी सरकारको गलत व्यवहार रोक्नका लागि हो र अमेरिकी प्रशासनको यो कदम ईरानी मानिसहरुको समर्थनमा छ ।
लायलाले पहिलो पटक दुई वर्षको उमेरमा ईरानको यात्रा गरेकी थिइन् । त्यसपछि उनी २० पटक भन्दा बढी ईरान पुगिसकेकी छिन् ।
जार्जटाउन यूनिभर्सिटिमा पब्लिक पोलिसी विषयमा मास्टर पढिरहेकी लायला भन्छिन्– ‘युद्धले हामीलाई जोखिममा पार्नेछ । यो ठाउँ युद्ध क्षेत्र बन्नेछ ।’
लायलाका लागि त्यो देशमा हुर्कन त्यति सजिलो थिएन जहाँ मिडियामार्फत् ईरानको छवि सदैव नकारात्मक ढंगले पेश गरिन्छ । उनी भन्छिन्– ‘मेरो लागि अन्तरविरोधको स्थिति छ जस्तो कि मेरो व्यक्तित्व दुई हिस्सामा विभाजित भइरहेको छ । जस्तै कि मैले मेरो पहिचानको एक अंशलाई घृणा गर्नुपर्छ।े त्यसैले मैले मेरो जिन्दगी यस संघर्ष सुल्झाउनमा समर्पित गरिदिएकी छु ।’
लायलाको बुवा रजा पनि यस संघर्षको बाटो हुँदै यहाँसम्म आएका हुन् । रजा भन्छन्– ‘जब म ईरान जान्छु मानिसहरु मलाई यस्तो प्रश्न गर्छन् कि म अमेरिकाको जासूस हुँ । जब म अमेरिका फर्कन्छु तब मानिसहरु सोध्छन् कि ईरान किन गएको ? तिमिले के गर्यौ त्यहाँ ?’
ट्रम्प सरकारको तीन वर्षमा रजालाई डर थियो कि जब ईरान–अमेरिकी समुदायले आक्रमकताको सामना गर्नुपर्यो र समुदायविरुद्ध अमेरिकाको फरक फरक स्थानमा सडकमा विरोध प्रदर्शन हुने गथ्र्यो ।
एक यस्तो समय पनि थियो जब अमेरिकामा मानिसहरु ईरानको संस्कृति र परम्पराको प्रशंसा गर्थे । १९७९ मा भएको ईरानी क्रान्ति र अमेरिकी दूतावास हमलाले ईरानीहरुको बारेमा अमेरिकीको सोच परिवर्तन गरिदियो । त्यसपछि मानिसहरुलाई लाग्न थाल्यो कि, ‘ईरानी आतंकवादी र कट्टरपन्थी छन् ।’
ट्रम्प सरकारको समयमा ईरानी मानिसहरुको आवागमनमा प्रतिबन्ध र ईरानमाथि प्रतिबन्धले उनीहरुभित्र डरको भावना पैदा गरेको छ ।
अंग्रेजी अखबार द गार्डियनमा छापिएको एक समाचारका अनुसार अमेरिकी सरकारी संस्था अमेरिका प्रस्थान गर्ने फ्लाईट चढ्न विद्यार्थीहरुलाई रोकिरहेका छन् र उनीहरुको यात्रा अगावै भिजा रद्द गरिरहेको छ ।
हालसालै मात्र धेरै इरानी विद्यार्थीहरू आधिकारिक भिसाका बाबजुद अमेरिकी एयरपोर्टमा पक्राउ परेका छन्। उनीहरुलाई हिरासतमा लिई फिर्ता पठाइँदैछ । केही विद्यार्थीहरुलाई अमेरिका आउन पनि रोक लगाइएको छ ।
ईरानमा प्रतिबन्धका कारण परिवारमा विभाजन भएपछि खाद्यान्न र औषधीको अभाव देखा परेको छ ।
ईरानमा रहेका आफ्नी आमा र बहिनीलाई आर्थिक सहयोग गर्ने रजा भन्छन्– ‘ट्रम्प सत्तामा आउनुअघि ईरानमा रहेका आफ्नो परिवारलाई सहयोग गर्न सकिन्थ्यो । अब हरके सामान महँगिँदै गएको छ । डलरको भाउ बढ्दो छ तर तलब बढिरहेको छैन ।’
रजाका एक भाई मधुमेहबाट पीडित छन् र हालसालै उनले अरुको किड्नी लिएका छन् । ‘उनीहरुका लागि बाहिर गएर औषधी किन्न मुश्किल छ । कयौँ औषधी ईरान जान सक्दैन । जब म त्यहाँ जान्छ, सधैँ सहयोग गर्छु ।’
अहिले चुनाव नजिकिँदै छ । सबैको नजर चुनावमा छ । हेरौँ, उनीहरुका लागि नयाँ सरकार कस्तो भोलि लिएर आउने छ !