कांग्रेस र राजपा जिम्मेवार भएर प्रस्तुत हुनुपर्छ: श्रेष्ठ

 

असार ३०, काठमाडाैँ ।   सिरहाबाट निर्वाचित नेकपाका सांसद लिलानाथ श्रेष्ठले मुलुक अहिले राष्ट्रिय विपतिको अवस्थामा भएकोले यस्तो बेलामा सबै दलहरु एकजुट भएर उद्धार तथा राहतमा जुट्नुपर्ने बताए । 

जिल्लाका नेकपाका सांसदहरुले रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले भने,‘आज संसद चल्छ र आफ्नो कुरा राखौंला भनेको त एक्कासी सदन स्थगित् भयो । यो दुःखद् कुरा हो ।’  

null

उनले सिरहाको हकमा कमला नदीको बाँध फुटेर ठूलो क्षति पुगेको सुनाए । अहिले पाँच हजार घरपरिवार आंशिक रुपमा प्रभावित बनेको र पाँच सय घर पूर्ण क्षति भएको उनले सुनाए । उनले भने,‘सिरहामा दलितहरुको ठूलो बस्ती छ । उनीहरुको फुसको घर छ । सबै डुवानमा परे । अहिले राहत पुर्याउन समेत ठूलो समस्या छ ।’ 

श्रेष्ठले कल्याणपुर गाविसका चार वडा पूर्ण रुपमा डुवानमा परेको सुनाए । त्यहाँका वासीहरुको जीवन कष्टकर र पीडादायी बनेको उनको भनाई छ । अहिलेसम्म चार जनाको निधन र एक जना बेपत्ता भएको श्रेष्ठले डाटा सुनाए । उनले कांग्रेस र राजपा अब जिम्मेवार भएर प्रस्तुत हुनुपर्नेमा जोड दिए । 

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *