अख्तियारले चूडामणि शर्मालाई अदालतमा हाजिर गरायो
मकालु खबर
२०७४ जेठ १५ गते
“
काठमाडौं, असार ३० । आन्तरिक राजश्व विभागका निलम्बित महानिर्देशक चूडामणि शर्मा सर्वोच्च अदालतमा उपस्थित भएका छन् । शुक्रबार अख्तियार दुरुपयोग अनुसन्धानबाट खटिएको टोलीले उनलाई सर्वाेच्चमा उपस्थित गराएको हो । अख्तियारको टोलीले शुक्रबार विहान उनलाई विशेष अदालत पुर्याएको थियो ।
उनीसहित अख्तियारले शर्मासहित तीन जनाविरुद्ध झण्डै ११ अर्ब भ्रष्टाचार गरेको अभियोगमा विशेष अदालतमा मुद्दा दायर हुँदछ । उनीविरुद्ध १० अर्ब ९५ करोड भ्रष्टाचार भएको अख्तियारको ठहर छ ।
उनीविरुद्ध भ्रष्टाचारको मुद्दा दर्ता प्रक्रिया सुरु भएपछि उनलाई सर्वोच्च लगिएको हो । अख्तियारले बिहीबार नै मुद्दा दर्ता गर्ने तयारी गरेपनि कारणबश सकिएको थिएन ।
“
मकालु खबर
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित