सभापतिको आलोचनापछि अभिव्यक्ति सच्याउँदै महामन्त्री कोइरालाले भने, ‘जिब्रो चिप्लियो’
चैत १३, दाङ । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले आफूले दिएको अभिव्यक्तिको पार्टीभित्रै आलोचना हुन थालेपछि बाेली फेरेका छन् ।
महामन्त्री कोइरालाले केही समयअघि हिन्दुराष्ट्र र राजतन्त्रका विषयमा दिएका अभिव्यक्तिको पार्टीका सभापति शेरबहादुर देउवाले नै आलोचना गरेपछि आफूले त्यस्तो अभिव्यक्ति नदिएको भन्दै बोली फेरेका हुन् ।
null
‘म धार्मिक स्वतन्त्रताको विषयमा स्पष्ट छु । मैँले हिन्दूराष्ट्र राजसंस्थाका विषयमा बोल्न खोजेकै थिइनँ । खै कसरी चिप्लियो चिप्लियो’, नेपाल प्रेस युनियन दाङले बुधबार घोराहीमा गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले भने ।
महामन्त्री कोइरालाले केही दिनअघि हिन्दूराष्ट्र र संघीयताका विषयमा जनमत संग्रह गर्न कांग्रेस तयार भएको बताएका थिए । कोइरालाको उक्त अभिव्यक्ति पार्टीभित्रै आलोचित बनेको थियो ।
त्यस्तै उनलेले सरकारले विप्लव नेतृत्वको नेकपामाथिको प्रतिबन्धले देशमा थप हिंसा जन्मने खतरा रहेको पनि स्पष्ट पारे । विप्लवलाई वार्ताका माध्यमबाट मूलधारमा ल्याउनुपर्ने उनको भनाइ छ ।