ओलीको बोल्ने स्टाइलै फरक : भरतपुरको मत गणना त गनेको गन्यै छन्

काठडौं,असार ३० । प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले फेरी नयाँ टुक्का प्रचलनमा ल्याएका छन् । ‘खुद्रा स्वार्थमा एक छाकका लागि काम गर्ने तत्व’ले लोकतन्त्र भासिएको तर्क गरेका छन् ।

शुक्रबार काठमाडौँ महानगरपालिकाको प्रथम नगरसभा उद्घाटन समारोहमा बोल्दै ओलीले महानगर त्यत्तिकै सुन्दर नहुने बताउँदै अघिल्तिर चुनौतीको थुम्काहरु देखा परिरहेको बताए।

‘चाँडै महानगरले सीमित श्रोत साधनको विकास गरेर नेपालीको सपना साकार पार्नुपर्ने जोड दिए । उनले भने,‘ऐन पनि बन्न बाँकी नै छ । दोश्रो र तेस्रो चरणको निर्वाचन सकिएको छ । तेस्रो चरणको बाँकी नै छ ।’ भरतपुरको मत गणना त गनेको गन्यै छन् । कहिले सकिने हो टुङगो छैन । उनले अघि भने ।

आयोजित कार्यक्रममा उनले संयुक्त राष्ट्रसंघको दिगो विकास लक्ष्यसँग तादाम्यता मिलाएर काम गर्न समेत जनप्रतिनिधिलाई अनुरोध गरे। साथै, आसपासका नगरसँग सहकार्य गरेर नगरहरुको एकीकृत विकास गर्न जरुरी रहेको औल्याए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *