कोरोना भाइरस : टेकुबाट भागेका व्यक्ति धरान अस्पतालको आइसोलेसनमा भर्ना

फागुन २२, काठमाडौं । टेकु अस्पतालको आइसोलेसन वार्डबाट भागेका व्यक्ति विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान अस्पतालको आइसोलेसनमा भर्ना भएका छन्। 

दक्षिण कोरियाबाट फर्केर कोरोनाभाइरसको आशंकामा बुधबार टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आइसोलेसनमा भर्ना भएका उनी राति अस्पतालबाट भागेका हुन् ।   

अस्पतालले प्रहरीलाई खबर गरेपछि  खोजि गर्दा प्रहरीले उनलाई धरानस्थित आफ्नै घरमा रहेको जानकारी पाएको थियो ।   

null

प्रहरीका अनुसार उनी आज दिउँसो १ बजे विराटनगर ल्यान्ड भएर धरान पुगेका रहेछन्। घर पुगेपछि श्रीमतीले फेरी अस्पताल पुरयाएको इलाका प्रहरी कार्यालय धरानका प्रहरी नायव उपरीक्षक ढुण्डीराज न्यौपानेले जानकारी दिएका छन् ।   

उनलाई अहिले विपी कोइराला अस्पतालको आइसोलेसन कक्षमा भर्ना गरिएको बताइएको छ ।   

उनमा जाँच गर्दा ज्वरो, रुघाखोकी केही समस्या नदेखिए पनि चिकित्सकले टेकुमा आइसोलेसनमा राखिएकाले त्यहाँ पनि आइसोलेसनमै भर्ना गरिएको छ ।   

उनी गत मंलबार दक्षिण कोरियाबाट नेपाल आएको थिए ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *