उपत्यकामा जथाभावी राखिएका टिकट काउन्टर सात दिनभित्र हटाइने

 

बैशाख १५, काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले जथाभावी रुपमा राखिएका बस टिकट काउन्टर हटाउने भएको छ । 

महाशाखाले उपत्यकाको गौशाला, कलंकी, कोटेश्वर, सुन्धारा लगायतका स्थानमा जथाभावी रुपमा राखिएका टिकट काउन्टर हटाउने भएको हो । 

null

जथाभावी टिकट काउन्टर राख्दा सवारी साधनको आवागमनमा समस्या परेको निष्कर्ष निकाल्दै प्रहरीले ७ दिनभित्र टिकट काउन्टर हटाउन निर्देशन दिएको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार पन्तले जानकारी दिए । 

उनका अनुसार नयाँ बसपार्क पुलमुनिको टहरा सात दिनभित्र नहटाए बल प्रयोग गरेर करिडोर खोल्ने निर्णय भइसकेको छ । यस्तै बालाजु पुलनजिक रहेको शिवमन्दिर क्षेत्रको साँघुरो बाटोलाई फराकिलो बनाइने भएको छ । 

यस्तै विभिन्न जिल्लाबाट काठमाण्डौ भित्रिने सवारी साधन नयाँ बसपार्क नगई आफूखुसी विभिन्न स्थानमा रोकिने भएकाले यसलाई कडाइ गरिने भएको छ । 

लामो तथा मध्यम दूरीका यात्रुवाहक सवारी साधनले अनिवार्य रुपमा टिकट जारी नगरे कारवाही गरिने जनाइएको छ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव सरोज सिटौलाले उपत्यकाको समग्र ट्राफिक सुधारका लागि ट्राफिक प्रहरीले चालेको कदम सराहनीय भएको बताए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *