यी बृद्धले गरे जागिरबाट अवकास पाएको बेला विश्वलाई नै चकित तुल्याउने काम

असाेज १ । विश्वमा अनेक थरीका मान्छेहरु हुन्छन् । उनीहरु जसलाई अरु भन्दा केही फरक अनौठा काम गरेर चर्चामा आउँन मन लाग्छ । नेपालको छिमेकी मुलुक भारत पनि यस्ता कुरामा अगाडी नै रहेको छ । भारतको राजस्थानका एकजना व्यक्तिले यस्तै फरक काम गरेर चर्चा कमाएका छन् । 

अवकासको अन्तिम दिन हेलिकप्टर चढेर घर फर्किने उनको निर्णयले उनी चर्चित भए अनी गाउँलेहरु चाँही चकित भए । अलवर जिल्लाको लक्ष्मणगढस्थित मलावली गाउँका रमेश चन्द्र मिणा शनिबार ३१ अगष्टमा शिक्षक पेशाबाट अवकास पाए । शिक्षकको जागिरबाट पेन्सन पकाएको अन्तिम दिन उनले स्कुलबाट घरसम्म जानका लागि हेलिकप्टर बुक गरेको कुरा भारतीय सञ्चारमाध्यमहरुमा आएको छ । 

कुनैपनि शिक्षक अवकासको दिन जागिरबाट घर फर्किंदा हेलिकप्टर चढेको राजस्थानको यो नै पहिलो घटना भएको बताइएको छ । यति मात्रै भन्दा पनि विश्वमा नै यस्ता खालका घटना विरलै मात्र हुने गर्दछन् । सामाजिक विज्ञान विषयमा शिक्षक रहेका मीणाले विद्यालयबाट २२ किलोमिटर टाढा रहेको घर फर्किंदा हेलिकप्टरको प्रयोग गरे । 

त्यसका लागि झण्डै ४ लाख भारु उनले खर्च गरेको बताइएको छ । मीठाले आफ्नी पत्नीलाई समेत सँगै हेलिकप्टरमा बसाएका थिए । तपाईको जानकारी लागि मीठाका एक छोरा पनि शिक्षण पेशामै लागेका छन् । एजेन्सी 

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *