सन्दीप लामिछाने सम्मिलित केरला बिजयी

काठमाडौं । युएईमा जारी टी–१० क्रिकेट लिग अन्तर्गत सुपर लिगको अन्तिम खेलमा नेपालका सन्दीप लामिछाने सम्मिलित केरला किंग्सले ७ विकेटको जित निकालेको छ । 

बेंगाल टाइगर्सले दिएको १ सय २३ रनको लक्ष्य केरलाले ८ बल अगावै ३ विकेट गुमाएर पुरा गर्यो । 

केरलाका लागि जोनी बेयरस्टोले नटआउट ८४ रन बनाए । उनले २४ बलमा ६ चौका र ८ छक्का प्रहार गर्दै अन्तिम खेलमा टोलीलाई जित दिलाए । पहिले ब्याटिङ गरेको बेंगालले निर्धारित ओभरमा ५ विकेट गुमाएर १ सय २३ रन बनाएको थियो । 

null

टाईगर्सविरुद्वको खेलमा नेपालका सन्दीपले एक ओभर बलिङ गर्दै २० रन खर्चिएका छन् । उनको बलमा बेंगालले ३ छक्का प्रहार गरेको थियो । पछिल्ला दुई खेलमा खराब प्रर्दशन गरेका सन्दीपलाई कप्तान ईयान मोगर्नले आज दोस्रो ओभर बलिङनै गर्न दिएनन् । 

केरलाले ६ खेलबाट ५ अंक जोड्न सफल भयो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *