हावाहुरीसहित वर्षाको सम्भावना, यस्तो छ दुई दिनको पूर्वानुमान

वैशाख १, काठमाडौं । नेपालमा पश्चिमी वायुको प्रभाव कायम रहेकाले मौसम बदली भइरहेको छ । नयाँ वर्षको दिन आज केही ठाउँमा मेघगर्जन र हावाहुरीसहित क्षणिक वर्षाको सम्भावना छ । 

पहाडी क्षेत्रको मौसम आंशिक देखि सामान्य बदली भइ थोरै ठाउँमा मेघगर्जन र हुरीबतास सहित क्षणिक वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । माहाशाखाका अनुसार मध्य तथा पूर्वी पहाडी क्षेत्रको तुलनामा पश्चिमी पहाडी क्षेत्रमा अलि धेरै पानी पर्नेछ ।   

यस्तो छ दुई दिनको पूर्वानुमान :- 

null

बैशाख १ गते (सोमबार) 

दिउँसोः देशको पहाडी भू-भागमा आँशिक देखि सामान्य बदली  रही बाँकी भू-भागमा आँशिक बदली  रहने छ। पश्चिमी पहाडी भू-भागका थोरै स्थानहरुमा साथै मध्य तथा पूर्वी पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ सहित क्षणिक वर्षाको सम्भावना रहेको छ । 

रातीः  देशको पहाडि भू-भागमा आँशिक  बदली  रही एक-दुई स्थानमा मेघगर्जन/चट्याङ सहित क्षणिक वर्षाको सम्भावना रहेको छ भने बाँकी भू-भागमा आँशिक बदलि रहने छ । 

बैशाख २ गते (मंगलबार) 

दिउँसोः देशभर आँशिक देखि सामान्य बदली  रहने छ। पहाडी भू-भागका केहि स्थानहरुमा मेघगर्जन/चट्याङ र हावाहुरी सहित वर्षाको संम्भावना रहेको छ। 

रातीः  देशको पहाडी भू-भागमा आँशिक देखि सामान्य बदली  रही बाँकी भू-भागमा आँशिक बदली  रहने छ। पहाडी भू-भागका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ। 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *