मोरङ अटो मोबाइल्स डिलर्स एसोसिएसनमा आचार्य

 

विराटनगर, पुस २१ । मोरङ अटो मोबाइल्स डिलर्स एसोसिएसनको अध्यक्षमा सुवास आचार्य चयन भएका छन् । शनिबार विराटनगरमा भएको १२ औं साधारणसभाले आचार्यको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ ।  

एसोसिएसनको उपाध्यक्षमा किरण भट्टराई, सचिवमा सञ्जय श्रेष्ठ, कोषाध्यक्षमा दिलु आचार्य र सहसचिवमा मनोजविक्रम शाह छनौट भएका छन् ।  

null

त्यस्तै साधारणसभाले निवर्तमान अध्यक्ष राजेश भट्टराईलाई पदेन सदस्यमा चयन गरेको छ । ओम शर्मा, नयन श्रेष्ठ, रुपेश बराल, रवि अग्रवाल र जीवन पोखरेल सदस्यमा निर्वाचित भए ।  

एसोसिएसनका संस्थापक उद्धवप्रसाद आचार्य, विनोद डाल्मिया, हरिकृष्ण ढकाल, तोया खनाल, प्रेम खड्का, मोहनलाल शर्मा र अशोक अग्रवाललाई सल्लाहकारमा चयन गरेको छ ।  

एसोसिएसनको नवनिर्मित भवनको समेत उद्घाटन गरिएको छ । ९ धुर जग्गामा निर्माण भएको भवनमा हालसम्म १७ लाख रुपैयाँ खर्च भइसकेको अध्यक्ष आचार्यले बताए ।  

भवनको निर्माण पूर्ण रुपमा सम्पन्न हुन अझै केही समय लाग्नेछ । सम्पूर्ण निर्माण सम्पन्न गर्न ३५ लाख रुपैयाँ लाग्ने अनुमान छ । २०५४ सालमा स्थापित एसोसिएनसमा ८५ व्यवसायी आबद्ध छन् ।  

साधारणसभामा बोल्ने वक्ताहरूले अटोमोबाइल्स क्षेत्रले सबैभन्दा बढी राजस्व बुझाए पनि राज्यले सुविधा नदिएको गुनासो गरे । उनीहरूले नेपाल अटोमोबाइल्स डिजर्स एसोसिएसन (नाडा)ले काठमाडौं उपत्यकाभित्रका व्यवसायीलाई मात्रै संरक्षण गरेको गुनासोसमेत पोखे ।  

नाडाका केन्द्रीय उपाध्यक्ष प्रकाश कपुरीले अटोमोबाइल्स क्षेत्रलाई सरकारले निरुत्साहित गर्ने गरेको आरोप लगाए । उनले काठमाडौंभन्दा बाहिर रहेका सबै व्यवसायीलाई नाडाले समेटेर अघि बढ्ने प्रतिबद्धतासमेत व्यक्त गरे । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *