नेपाल बैंक लिमिटेडको एफपीओ नेप्सेमा सूचीकरण लफडा, अन्डरराईटरको बदमासी उदाङ्गो !

कात्तिक ८, काठमाडौँ । अहिले नेपाल बैंक लिमिटेडको एफपीओले बजार तात्तिएको छ । एफपीओका अन्डरराइटरहरुले गरेको बदमासीका कारण यो बजार तात्तिएको हो । 

बोर्डले भर्खरै जारी गरेको सर्कुलरमा बैंकको जारी एफपीओका अन्डरराइटरहरुले कृत्रिम बजार खडा गर्दै एफपीओ बिक्री गरी बदमासी गरेका कारण हजारौं लगानीकर्ताहरुको लगानीमाथी गम्भीर खेलबाड भएको जानकारहरुको दाबी छ । 

सर्वसाधारणले दाबी गरेको बैंकको एफपीओ भने नेप्सेमा पार्सियल लिष्टिङ्ग गरिदिए राहत हुने लगानीकर्ता खेमराज दाहालको गुनासो छ । 

null

एक मर्चेन्ट बैंकरका अनुसार एफपीओको विषयमा नरम र लचिलोपन बनिदिन तथा पुनर्विचार गर्न हिजो नेप्सेलाई बोधार्थ गर्दै नेपाल धितोपत्र बोर्डलाई पत्राचार गरेको रहस्य खुल्न आएको छ । 

बुटवल पावर कम्पनीको एफपीओको नजिरले पनि बजारमा सेयरका माफिया, ब्रोकर र नियामकहरुबीच निक्कै चर्काचर्की र घम्साघम्सी परेको स्रोतले बतायो । 

बुटवल पावर कम्पनीको पनि कृत्रिम बजार खडा गरेर नै नबिकेको सेयर बिक्री गरेकोमा सो बेला नियामक नेपाल धितोपत्र बोर्ड गुपचुप बसेको थियो । तर यस पटक भने लगानीकर्ताको हितका लागि बोर्डले राम्रो कदम चालेको एक विज्ञको दाबी छ । 

अन्डरराईटरले सोही पुरानो नजीरकै फाईदा उठाउँदै नेपाल बैंक लिमिटेडको सेयर सल्टाउन नेप्सेलाई बाईपास गर्दै निर्धारित मूल्य भन्दा सस्तो मूल्यमा नै बिक्री गरेको तथ्य खुल्न आएको छ र पुरानै नजीर दोहोर्‍याउन माफियाहरुको सक्रियता बढेको बताईन्छ । 

यता तेस्रो बजारबाट खरिद गरेकाहरुले बलियो लबिङ गर्दै दिनहुँजसो सेबोन र नेप्से धाईरहेको रहस्य खुल्न आएको स्रोतले जानकारी दिएको छ । 

अन्डरराईटरको क्षमताभन्दा बढी भएकै कारण आफूले सकार्न नसकेर ठूल्ठूला सेयर खेलाडी, ब्रोकर र अन्य व्यक्तिहरुलाई नेपाल बैंक लिमिटेडको सेयर लाखौं लाख भोल्यूममा तेस्रो बजार खडा गरि खरिदबिक्री गरेको स्रोतले मकालुखबरलाई जानकारी दियो । 

एउटा अन्डरराईटरले अर्को अन्डरराईटरलाई सस्तो मूल्यमै बिक्री गरेको प्रति रुष्ट हुँदै यस किसिमको चलखेलले नेप्से नै नचाहिने भएको भन्दै स्रोतले भन्यो, ‘यो सरासर गलत हो अब कार्वाहीका लागि बोर्डले खुट्टा कमाउन हुँदैन ।’ 

बोर्ड स्रोतअनुसार आज उक्त बैंकको विषयमा नेपाल धितोपत्र बोर्डमा छलफल चलिरहेको र निर्णय हुन बाँकी रहेको छ । बोर्डले पुनर्विचार नगरी कानूनी कारबाही गर्ने स्रोतले बताएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *