धरानमा सुरक्षा संयन्त्रको बैठक सम्पन्न

वैशाख ६, धरान। धरानमा आज नगरस्तरीय सुरक्षा संयन्त्रको बैठक सम्पन्न भएको छ। धरानसँग सिमा जोडिएको छिमेकी जिल्ला उदयपुरमा १२ जनामा कोरोना संक्रमण देखिएपछि आज यहाँ सुरक्षा संयन्त्रको बैठक बसेको हो।   

बैठकमा धरान उपमहानगरपालिकाका प्रमुख, उपप्रमुख, प्रशासकीय अधिकृत र तीन वटै सुरक्षा निकायका प्रमुखहरुको सहाभागिता गरहेको थियो। बैठकमा धरानको नाका सिल गर्ने, लकडाउनलाई थप कडाइ गर्ने, खाद्यान्न आपूर्ति तथा तरकारी होम डेलिभरि लगायतका विषयमा छलफल गरिएको धरान उपमहानगरपालिकाकी उपमेयर मञ्जु भण्डारी सुबेदीले जानकारी दिइन्। उनले लकडाउनको समयमा नगरवासीलाई कसरी निरन्त सेवा दिन भन्ने विषयमा समेत छलफल भएको बताइन्।   

कोरोना संक्रमणको जोखिम उच्च बनेसँगै धरानको विभिन्न वडामा स्थानीयले बाटो सिल गरेका छन्। अपरिचित व्यक्तिहरूलाई टोलमा प्रवेश निषेध गरेका छन्। कोरोना संक्रमणको जोखिम बढेपछि लकडाउनको पालना गराउन टोलवासी सक्रीय भएका छन्।   

सडकमा तार बार लगाउनले लगायतका कार्यहरु स्थानीयले गरेका छन्। धरान १३ स्थित सामना मार्ग उपभोक्ता समितिले अपरिचित व्यक्तिलाई प्रवेश निषेध र बाटोमा बार लगायका छन्। अमर बस्ती र इलाका प्रशासन कार्यालय पुग्ने बाटो रोकिएको सामना मार्ग उपभोक्ता समितिले जनाएको छ। कोरोना संक्रमणको जोखिम रोकथामका लागि प्रवेश निषेध गरिएको वडा १३ का बासिन्दाहरूले बताए।   

उनीहरूले मास्क लगाएर मात्र बाहिर निस्कन र लकडाउनलाई पूर्ण पालना गर्न पनि आह्वान गरेका छन्। यता वडाध्यक्ष नेत्र काफलेले भुपू सैनिकको भवन हुँदै अमर बस्ती ‘ग’, सूर्य मार्ग र फुस्रेसम्म पुग्ने बाटो र धरान १३ कै अनाम टोलमा प्रवेश निषेध गरिएको स्थानीयलाई उद्धृत गर्दै बताए।   

यस्तै, धरानको वडा नं १ शुभ लक्ष्मी मार्गमा पनि स्थानीयले बाटो सिल गरेका छन्। उनीहरूले धरान उच्च मावि दक्षिणबाट पश्चिम पस्ने बाटो, सहरे खोला हुँदै सिमाना टोल पस्ने बाटो बन्द गरेका हुन्। यस क्षेत्रमा ‘अपरिचित व्यक्तिहरूलाई प्रवेश निषेध’ शीर्षकमा सूचनासमेत टाँसिएका छन्।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *