एनएमबी माईक्रोफाईनान्सले गर्याे १५प्रतिशत बोनस प्रस्ताव

मंसिर २, काठमाडाैं । एनएमबी माईक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले सेयरधनीलाई १५ प्रतिशत बोनस लाभांश वितरणको प्रस्ताव गरेको छ । 

एनएमबी माईक्रो फाईनान्सको कात्तिक २९ गते बसेको सञ्चालक समितिको बैठक नम्बर ७७ ले लघुवित्तका सेयरधनीहरुलाई १५ प्रतिशत बोनस र कर प्रयोजनका लागि नगद ०.७८९४७४ प्रतिशत लाभांश प्रदान गर्न प्रस्ताव गर्ने निर्णय भएको लघुवित्तले जनाएको छ । 

उक्त बोनस र नगद लाभांश नेपाल राष्ट्र बैंक र वार्षिक साधारणसभाबाट स्वीकृति प्राप्त भएपछि बाँडिने छ । हाल माईक्रोफाईनान्सको चुक्ता पूँजी १४ करोड ८ लाख रुपैयाँ रहेको छ । प्रस्तावित बोनस लाभांश वितरणपछि कम्पनीको चूक्तापूजी बढेर १६ करोड २० लाख पुग्नेछ । 

null

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *