कोरोना रोकथामका लागि सुदूरपश्चिम प्रदेश सरकारले गर्यो चार निर्णय

चैत्र ११, धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले कोरोना भाइरस जोखिम  नियन्त्रणका लागि महत्वपूर्ण चारवटा निर्णय गरेको छ ।   

आज बसेको मन्त्रिपरिषदको बैठकले कोरोना रोकथामका लागि ११ करोड ५० लाख रुपैयाँ विनियोजन गर्ने लगायतका चारवटा निर्णय गरेको हो । 

सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीका अनुसार कोरोना रोकथामका लागि ११ करोड ५० लाख विनियोजन गर्ने, स्थानीय तहलाई तीन करोड शसर्त अनुदान रकम दिने, सीमा नाकामा रहेका नेपालीलाई चेकजाँचसहित आफ्नो गन्तव्यमा पुर्याउन आवश्यक व्यवस्था गर्ने र सबै प्रदेश मन्त्रीहरुको एक महिनाको परिश्रमिक प्रदेश राहत कोषमा राखिनेछ ।   

मन्त्री सुबेदीले कोरोना रोकथामका लागि स्थानीय तहलाई दिने बजेट अन्तर्गत धनगढी उपमहानगरपालिकालाई पाँच लाख, ३३ वटा नगरपालिकालाई चार लाख र ५४ गाउँपालिकालाई तीन लाख रुपैयाँका दरले बजेट उपलब्ध गराइने जानकारी दिए ।   

सुदूरपश्चिममा एक उपमहानगरपालिकासहित ८८ स्थानीय तह छन् ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *