सार्वजनिक यातायातमा अनैतिक हर्कत गर्ने युवक एक वर्षपछि पक्राउ

पुष २९, काठमाडौं । एक वर्षअघि  सार्वजनिक बसमा हस्तमैथुन गरी युवतीको कपालमा वीर्य स्खलन गरेको भिडियो सामाजिक सञ्जालमा अपलोड गर्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।   

ती युवाले सार्वजनिक बसमा हस्तमैथुन गरी युवतीको कपालमा वीर्य स्खलन गरेको भिडियो अपलोड गरेको आधारमा उनलाई महानगरीय अपराध प्रहरी महाशाखाले सोमबार राति पक्राउ गरेको जानकारी दिएको छ । 

युवकले उिक्त भिडियो अफलोड गरेको स्वीकारेका छन् ।   

Image result for pakrau

करिब एक वर्षअघि ललितपुरको डल्लु–लगनखेल रुटमा चल्ने अनुमान गरिएको सार्वजनिक यातायातभित्रै हस्तमैथुन गरेर युवतीको कपालमा वीर्य स्खलन गरेको भिडियो सार्वजनिक भएपछि त्यसको निकै आलोचना भएको थियो ।   

अपराध गर्ने व्यक्तिले नै खिचेको उक्त भिडियोमा देखिए अनुसार बस बिसौनीमा बिसाइरहेको एउटा खाली बसमा महिला चढ्दै गर्दा ती पुरुष पनि चढ्छन् र पछाडि बस्न नपाउँदै आफ्नो पाइन्ट खोलेर अनैतिक क्रियाकलाप गर्न थाल्छन् । 

उनले बारम्बार आफ्नो क्यामरा ती महिलातर्फ देखाउँछन् । तर ती महिलालाई आफ्नो पछाडि के भइरहेको छ, त्यसबारे अत्तोपत्तो छैन । महिलाको कपालमा वीर्य स्खलन गरेपछि उक्त भिडियो समाप्त हुन्छ । 

यस प्रकरणलाई लिएर बसमा महिलाहरु असुरक्षित भएको भन्दै गत वर्ष करिब दुई दर्जन युवतीहरु महानगरीय अपराध अनुसन्धान महाशाखा, टेकुमा पुगेका थिए । उनीहरुले प्रहरीलाई अनुसन्धान गरेर सत्य, तथ्य सार्वजनिक गरिदिन आग्रह गरेका थिए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *