मानसिक सन्तुलन गुमाएका व्यक्तिको झापाबाट उद्धार

फागुन २७, झापा । विराट मानव सेवा समाज नेपालले झापाबाट मानसिक सन्तुलन गुमाएका एकजना मानिसको उद्धार गरेको छ । लामो समय देखि मानसिक सन्तुलन गुमाएको कमल कार्कीलाई सोमबार संस्थाले उद्धार गरेको हो ।   

कमल गाँउपालिका रक्तचनका ४१ वर्षिय कमल कार्की ०५७ साल देखि मानसिक सन्तुलन गुमाएर कष्टकर जीवन विताउदै आइरहेका थिए । भने उनको ३८ वर्षिया बहिनी अम्बिका कार्की पनि मानसिक सन्तुलन गुमाएर लामो समय देखि औषधि सेवन गर्दै आईरहेकी छिन् । उनको घरको आर्थिक अवस्था कम्जोर भएको कारण विराट मानव सेवा समाज नेपालले कार्कीको उपचारका लागि उद्धार गरिएको अध्यक्ष लिना उपाध्ययले बताइन् ।   

उनले भनिन्, ‘हामी उद्धार गर्छौ, उपचार गरेर अभिभावकाको जिम्मामा बुझाउछौ’ । उनको अनुसार २०७३ सालमा स्थापना गरेको सो आश्रमले ४ जना मानसिक सन्तुलन गुमाएका विरामीलाई निको पारेर परिवारसँग जिम्मा लगाएका थिए । उनी  भन्छिन्, राज्यले गर्ने काम हामी संस्थागत, व्यक्तिगत तहबाट गरेका छौ, अब राज्यले पनि यो काममा साथ दिन जरुरी छ ।’ 

आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले राज्यको तर्फबाट गर्नुपर्ने काम एउटा संस्थाले योगदान गरेकोमा आभार व्यक्त गरे । उनले भने ‘प्रदेश सरकार र सघिंय सरकार तन, मन, धन सहितको सहयोग गर्न तयार रहेको प्रतिवद्धता जनाउदछु ।’ राज्यको सबै तिर ध्यान गइरहेको हुँदैन, राज्य व्यवस्थित नभएसम्म व्यक्तिले देखाएर देखिने भएकाले जनप्रतिनिधिको हिसावले विराट मानव आश्रमसँग जोडिने वचन वद्धता मन्त्री कार्कीले गरे । 

त्यस्तै कमल गाँउपालिकामा दुई सय ३० जना परीवारलाई स्वास्थ्य बिमा गराएको र ३० जना अपांगता भएका व्यक्तिहरु र अन्य दुई सय जना साधारण व्यक्तिहरु रहेको कमल गाँउपालिका अध्यक्ष मेनुका उपाध्ययले जानकारी दिईन् । उपाध्यायले भर्ने कतिपय स्थानहरुमा हाम्रो नजर पुग्न सकेन होला, आगामी दिनमा मिलेर सहकार्य गर्ने प्रतिवद्धता जनाउदछु ।’ 

उद्धार गरिएको कार्कीलाई मानव सेवा समाजको निर्गानी र उनको बुवा भक्त बहादुर कार्कीको साथमा नोबेल मेडिकल कलेज विराटनगरमा उपचारका लागि राखिने अध्यक्ष उपाध्यायले जानकारी दिइन् । कार्कीको उद्धारका लागि विराट मानव सेवा समाज नेपालको टोली अध्यक्ष लिना उपाध्ययको नेतृत्वमा,  दुर्गा कोइराला, विमला गौतम, रमा प्रसाइ, सदस्य सिता खरेल प्रसाई, मञ्जु ढकाल, समाजसेवी बाबुराजा ओझा लगायतले जनप्रतिनिधिहरुको रोहवरमा कार्कीलाई उद्धार गरेका हुन् । कार्कीलाई उनको घरबाट नै उद्धार गरिएको हो ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *