नमस्कार गर्नुका यस्ता छन् बैज्ञानिक र आध्यात्मिक महत्व

काेराेना भाइरस संक्रमणका कारण हात मिलाउन अंकमाल गर्न तथा चुम्मन गर्न असुरक्षित मानिएकाे छ । पश्चिमी सभ्यता अनुसारका सम्मान गर्न आदरार्थी भावहरूलाइ काेराेना संक्रमणले जाेखमपूर्ण पारिदिएपछि अहिले पश्चिमी देशहरूले पनि नमस्कार गर्न थालेका छन् ।   

हामी जब कसैसँग भेट गर्छौं, नमस्कार आदनप्रदान गर्छौं । आफुले मान्नुपर्ने व्यक्तिलाई हार्दिकतासाथ नमस्कार गर्छौं । कुनैपनि भेटघाटको पहिलो औपचारिक सुरुवात नै नमस्कारबाट हुन्छ । 

नमस्कार गर्ने विधी छ । नमस्कार गर्दा दुबै हात जोड्छौं । शीरलाई थोरै झुकाउँछौं । विनयी र प्रफुल्ल भावमा प्रस्तुत हुन्छौं । नमस्कार गर्नु यौगिक क्रिया हो । दुई हात जोडेर नमस्कार गर्नुको बैज्ञानिक महत्व छ । नमस्कार गर्दा दुई हात जोडेर हातलाई छातीको अघिल्तिर राखिन्छ । आँखा बन्द गरिन्छ र शिर झुकाइन्छ । 

हाम्रो हातको तन्तु मस्तिष्कको तन्तुसँग जोडिएको हुन्छ । जब नमस्कार गर्छौ, हातका औंलाहरु आपसमा जोडिन्छन् । यसले हृदयचक्र र आज्ञा चक्र सक्रिय हुन्छ । यसले जागरण बढ्छ । उक्त जागरणले मनमा शान्त र चित्तमा प्रशन्नता आउँछ । 

नमस्कार गर्दा पाचन यन्त्रलाई पनि फाइदा पुग्ने बताइन्छ । दुई हात जोडेर नमस्कार गर्दा यस किसिमको शारीरिक व्यायाम हुन्छ, जसले पाचन यन्त्रमा प्रभाव पर्छ । हात जोड्दा शरीरको रक्त संचार प्रवाह हुन्छ । 

मनोवैज्ञानिक फाइदा 

नमस्कार गर्नु मनोवैज्ञानिक पद्धती पनि हो । हात जोडेर तपाई कडा वा क्रोधित रुपमा बोल्न सक्नुहुन्न । किनभने नमस्कार गर्दा हाम्रो अहंकार नष्ट हुन्छ । विनय गुण नम्रता विकास हुन्छ । मन शुद्ध हुन्छ । 

आध्यात्मिक महत्व 

दायाँ हात आचार अर्थात धर्म र वाया हात बिचार अर्थात दर्शनको हुन्छ । नमस्कार गर्दा दायाँ र बायाँ हात जोडिन्छ । यसले आध्यात्मिक लाभ मिल्छ । 

मानव शरीरको एक भागमा सकारात्मक र अर्को भागमा नकारात्मक उर्जा हुन्छ । दुबै हात जोड्दा सकारात्मक उर्जा प्रवाह हुन्छ । कसैलाई प्रणाम गरेपछि आर्शिवाद प्राप्त हुन्छ, यसले उसमा आध्यात्मिक विकास हुन्छ । 

नमस्कार तीन प्रकारको हुन्छ 

१. सामान्य नमस्कार 

२. पद नमस्कार 

३. साष्टांग नमस्कार 

सामान्य नमस्कार- कुनै व्यक्तिलाई भेट्दा हामी दुई हात जोडेर नमस्कार गर्छौ । नमस्कार गर्दा दुबै हात जोडेर, गर्दन हल्लाएर नमस्कार गर्नुपर्छ । यसले गर्दा जसलाई हामी नमस्कार गर्छौ, उनमा राम्रो भावना विकास हुन्छ । नमस्कार गर्दा दुई सेकेन्डका लागि आँखा बन्द गर्नुपर्छ । यसले आँखा र मन ताजा हुन्छ । 

पद नमस्कार– यस अन्र्तगत हामी आफ्नो परिवार, कुटुम्ब, बुढापाका, आमाबुवाको खुट्टा छोएर नमस्कार गर्छौ । अक्सर यस किसिमको नमस्कार गर्दा आफुले श्रद्धा गर्ने व्यक्तिलाई मात्र गर्नुपर्छ । नचिनेका व्यक्तिलाई यस्तो नमस्कार गर्नु हुादैन । 

साष्टाङ्ग नमस्कार-यसलाई दन्डवत प्रणाम पनि भनिन्छ । यो नमस्कार केवल मन्दिरमा गरिन्छ । मन्दिरमा साष्टाङ्ग नमस्कार गर्दा खुट्टामा जुत्ता, चप्पल हुनुहुादैन । यो नमस्कार गर्दा पुरुषले शीर ढाक्नु हुँदैन । तर, महिलाले शीर ढाक्नुपर्छ । 

नमस्कार गर्ने विधी छ । नमस्कार गर्दा दुबै हात जोड्छौं । शीरलाई थोरै झुकाउँछौं । विनयी र प्रफुल्ल भावमा प्रस्तुत हुन्छौं । हाम्रो हातको तन्तु मस्तिष्कको तन्तुसँग जोडिएको हुन्छ । जब नमस्कार गर्छौ, हातका औंलाहरु आपसमा जोडिन्छन् । यसले हृदयचक्र र आज्ञा चक्र सक्रिय हुन्छ । यसले जागरण बढ्छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *