सार्क राष्ट्रका प्रहरी संगठनहरुको बैठक काठमाडौंमा आयोजना हुने

काठमाडौं, असार ३० । असार सार्क राष्ट्रका प्रहरी संगठनहरुको बैठक काठमाडौंमा आयोजना हुने भएको छ । बैठक आगामी सेप्टेम्बर महिनामा हुने बताईएको छ ।

सार्क राष्ट्रका प्रहरी संगठनहरुबीच सहयोग र समझदारी विकास गर्न बैठक आयोजना हुन लागेको गृह मन्त्रालयले जनाएको छ ।

श्रीलंकामा हालै सम्पन्न सार्क राष्ट्रका गृहमन्त्रीस्तरीय आठौं बैठकले सार्क प्रहरी संगठनको बैठक पनि नेपालमै गर्ने निर्णय गरेको हो । बैठकमा सहभागी हुन गृहमन्त्री जनार्दन शर्मा, गृहसचिव लोकदर्शन रेग्मी र गृहप्रवक्ता दीपक काफ्ले कोलम्बो जानुभएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *