सुरक्षा माग्दै जनप्रतिनिधि सदरमुकाममा

 

जेठ ७, बझाङ । खप्तड छान्ना गाउँपालिका–६ का जनप्रतिनिधिसहित कर्मचारी सुरक्षाको माग गर्दै सदरमुकाम आएका छन् । 

वडाध्यक्ष तिलकबहादुर खड्का र सचिव दीपक खड्कालगायत जनप्रतिनिधि तथा कर्मचारी सदरमुकाम चैनपुर आएका हुन् । 

null

आइतबार गाउँपालिकाको आयोजनामा वडास्तरीयअन्तर्गतका मावि र निमावि तहबीच पोषण, महीनावारी स्वच्छतासम्बन्धी वक्तृत्वकला कार्यक्रमको शुरुआत गरिरहेका बेला वडा कार्यालय नजीकै घर भएका डबलबहादुर खड्काले शिक्षक र जनप्रतिनिधिलाई गालीगलौच तथा दुव्र्यवहार गरेपछि सुरक्षाको माग गर्दै सदरमुकाम आएका वडाध्यक्षले जानकारी दिए । 

महिला जनप्रतिनिधि कृष्णा थापाले दुव्र्यवहार गर्ने खड्कासहित छोराहरूले महिलाको समेत गाली बेइज्जती गरेको हुँदा वडा कार्यालयमा आउन जानसमेत डर लाग्ने गरेको बताइन् । 

पाटादेवलमा खड्का परिवारको बाहुल्यता रहेको र उनीहरूले जहिले पनि पाटादेवलमा धम्की, झैझगडा गरी आफ्नो मातहतमा वडा कार्यालय चलाउनुपर्ने दबाब दिने गरेको समेत जनप्रतिनिधिहरूको गुनासो छ । 

जिल्ला प्रशासन कार्यालयमा पत्रकार सम्मेल गर्दै जनप्रतिनिधिहरूले खड्का परिवारबाट आफूमाथि धेरै अन्याय गरिएको र सहेर बसेको बताएका छन् । 

दुव्र्यवहारको आरोप लागेका खड्काका छोरा त्रिभुवनले जनप्रतिनिधिले हातपात गरेकाले आफूहरूले प्रतिकार गरेको बताए । 

सहायक प्रजिअ राम सार्कीले यस विषयमा सबैलाई बोलाएर छलफल गरिने जानकारी दिए । रासस 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *