‘जय नेपाल नभने जय भारत भन्ने त ?’

 

बैशाख २९, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मिडिया काउन्सिल विधेयक संविधानको मर्मविपरीत भएको बताएका छन् । 

आज कांग्रेसको केन्द्रिय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् । 

null

‘संसदमा दर्ता गरिएको मिडिया काउन्सिल सम्बन्धी कानून संशोधन र एकीकरण गर्न बनेको विधेयक संविधानको मर्मविपरित छ । नेपालको प्रेस जगतलाई नियमन गर्ने नाममा प्रेस स्वतन्त्रतालाई कुनै पनि ढंगले असर पुर्याउन पाइन्न । यो विधेयक प्रेस स्वतन्त्रतामाथिको ‘कु’ हो । कांग्रेसले डटेर विरोध गर्नेछ ।’ 

पूर्व प्रधानमन्त्री समेत रहेका देउवाले प्रेस काउन्सिल सञ्चार मन्त्रालयको लाचार छाया बन्ने देखिएको पनि धारणा राखे। 

सुरुवाती वर्षमै प्रेस स्वतन्त्रतामा प्रहार शुरु गरेको सरकारले दोस्रो वर्षमा टेक्दै गर्दा यसमा निरन्तरता दिएको उनको भनाइ छ । 

पत्रकार सम्मेलनमा ‘जय नेपाल’ शब्द हटाउने होला नि भन्ने सञ्चारकर्मीहरुको जिज्ञासामा उनले आफ्नो देशको जय गर्न नपाउने, नत्र के भारतको जय भन्ने, चीनको जय भन्ने ? भन्दै प्रश्न गरे । 

गत बिहीबार मन्त्रिपरिषद्का निर्णयहरु सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सञ्चारमन्त्री बाँस्कोटाले कांग्रेसले तत्कालीन राजा महेन्द्रले २०१७ सालमा कू गर्दा प्रयोग गरेको ‘जय नेपाल’ शब्द बोकेर हिँडेको टिप्पणी गरेका थिए । 

राष्ट्रपतिले नीति तथा कार्यक्रम पेस गर्दा प्रयोग गरेको ‘मेरो सरकार’ शब्दको बचाउ गर्ने क्रममा उनले शब्दको पछि नलाग्न आग्रह गर्दै कांग्रेसको टिप्पणी गरेका हुन् । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *