मलेसियामा कामदारलाई सहुलियत, सबै खर्च मलेसियाली कम्पनीले व्योहोर्ने

कात्तिक १३, काठमाडौँ । नेपाल सरकार र मलेसिया सरकारबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ । 

नेपाली कामदार मलेसिया लैजाने विषयमा तयार पारिएको समझदारी पत्रमा नेपालका तर्फबाट श्रममन्त्री गोकर्ण विष्ट र मलेसियाका तर्फबाट मानव संशाधनमन्त्री एम कुलेसागरनले हस्ताक्षर गरेका हुन् । 

सम्झौता भएसँगै केही समयपछि नेपाली श्रमिक मलेसिया जाने बाटो खुल्नेछ । अब नेपाली श्रमिक मलेसिया जाँदा कुनै पनि शुल्क लाग्ने छैन । मलेसिया जान लाग्ने सबै खर्च रोजगारदाताले नै व्यहोर्नु पर्नेछ । 

null

मलेसिया जाने श्रमिकले यहाँ गरेको मेडिकल खर्च समेत रोजगारदाता कम्पनीले पहिलो तलबसँगै जोडेर दिने गरी सम्झौता भएको हो । त्यस्तै श्रमिकले सबै महिनाको ७ गतेभित्र बैंक खातामा पारिश्रमिक पाउनुका साथै आफ्नो परिवारका सदस्यको मृत्यु भएमा १५ दिन बिदा समेत पाउने छन् । 

 

समझदारीपत्रमा हस्ताक्षर भएसँगै गत जेठ महिनादेखि बन्द मलेसियाको श्रम स्वीकृति पुनः खुलेको छ ।  

मलेसिया जाने कामदार ठगिएको भन्दै श्रम मन्त्रालयले श्रम सम्झौताको प्रयास गरेको थियो । पटक–पटक प्रयास गर्दा पनि श्रम सम्झौता नभएपछि गत जेठ २ गते श्रम मन्त्रायलयले नेपाली कामदार मलेसिया पठाउन बन्द गरिदिनुका साथै यस प्रक्रियामा संलग्न विभिन्न संस्थानै खारेज गर्ने निर्णय गरेको थियो । त्यसपछि मलेसियाले यस विषयमा चासो देखाएको हो । 

नयाँ व्यवस्थाअनुसार नेपाल सरकारबाट मान्यता प्राप्त र पूर्वाधार पूरा भएका स्वास्थ्य संस्थाबाट नै मलेसिया जाने कामदारको मेडिकल जाँच गरिने भएको छ। अब मलेसिया जाने कामदारको ४ हजार ५ सय रुपैयाँमात्र खर्च लाग्ने भएको छ। यसअघि कामदारले विभिन्न संस्थामा २१ हजार रुपैयाँसम्म बुझाउँदै आएका थिए। मेडिकल खर्च पनिअब रोजगारदाता कम्पनीले नै बेहोर्ने छन्। 

नयाँ ‘एमओयू’ अनुसार नेपाली कामदारको करार अवधि दुई वर्षको हुनेछ। यसअघि तीन वर्ष अवधि तोकिएको थियो। कम्पनीले चाहेमा दुई वर्षको करार सकेर पुनः कामदार फर्कन सक्नेछन्। मलेसिया कामदार आपूर्ति गर्दै आएका म्यानपावर कम्पनीले भने अब सेवा शुल्क रोजगारदाता कम्पनीबाट पाउनेछन्। 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *