आईसीसी वरीयतामा पारस दुई स्थान झर्दा सोमपाल र बसन्तको सुधार

  

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसिसी) ले सार्वजनिक गरेको टी-ट्वान्टी क्रिकेटको नयाँ वरीयतामा नेपालका कप्तान पारस खड्काको वरीयता खस्किएको छ । 

आईसिसीले सार्वजनिक गरेको नयाँ वरीयताको ब्याटिङतर्फ शीर्ष सय भित्र परेका कप्तान पारसको वरीयता दुई स्थान तल झरेको हो ।  कप्तान पारस दुई स्थान तल झर्दै ९७ औं स्थानमा रहेका छन् । २६५ अंक पाएका पारस यसअघि ९५ औं स्थानमा रहेका थिए ।  

null

यस्तै कप्तान पारस अलराउन्डरतर्फ पनि एक स्थान झरेका छन् । शीर्ष ५० भित्र अटाएका पारसले ६८ अंकसहित ४२ औं स्थान हात पारेका छन् । यसअघि पारस ४१ औं स्थानमा रहेका थिए । अलराउन्डरतर्फ नेपालकै सोमपाल कामी पनि शीर्ष १०० भित्र परेका छन् । सोमपाल ४२ अंकसहित ६४ औं स्थानमा यथावत रहेका छन् । 

बलिङतर्फ नेपालका बसन्त रेग्मी र सोमपाल शीर्ष १०० भित्र अटाएका छन् । बसन्त ३९७ अंक प्राप्त गर्दै ७४ औं स्थानमा यथावत रहेको छन् । बसन्तले एक स्थान सुधार गरेका हुन् ।  यस्तै ३३८ अंक जोडेका सोमपाल एक स्थान सुधार गर्दै ९२  औं स्थानमा उक्लिएका छन् । 

आईसिसीको टी-ट्वान्टी ब्याटिङ वरीयताको शीर्ष स्थानमा पाकिस्तानका बाबर आजम, दोस्रो स्थानमा न्युजिल्याण्डका कोलिन मुन्द्रो, अष्ट्रेलियाका आरोन फिन्च तेस्रो, वेष्ट इण्डिजका इभान लेविस चौथो र पाकिस्तानका फकर जमान पाँचौ स्थानमा रहेका छन्भा  । 

बलिङतर्फ अफगानिस्तानका राशिद खान पहिलो स्थानमा रहदा पाकिस्तानका शदाब खान दोस्रो स्थानमा रहेका छन् । भारतका कुलदीप यादव तेस्रो, इंग्ल्यान्डका आदील राशिद चौथो र अष्ट्रेलियाका आडम जम्पा पाँचौ स्थानमा रहेका छन् । 

अलराउन्डरतर्फ अष्ट्रेलिया ग्लेन म्याक्सवेल शीर्ष स्थानमा रहदा बंगलादेशका शाकिब अल हसन दोस्रो स्थानमा रहेका छन् । यस्तै अफगानिस्तानका मोहमद नाबी तेस्रो, बंगलादेशका मोहमद महुदुल्लाह चौथो र दक्षिण अफ्रिकाका जेपी डुमिनी पाँचौ स्थानमा रहेका छन् ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *