चार हजार हेक्टर वन वृद्धि

तनहुँ, असार ३० । तनहुँमा यस वर्ष वनको क्षेत्रफल चार हजार हेक्टर वृद्धि भएको छ । जिल्ला वन अधिकृत अम्बिका पौडेलले वन क्षेत्रफलमा उल्लेख्य वृद्धि भएको जानकारी दिनुभयो ।

कार्यालयद्वारा आयोजित वार्षिक प्रगति समीक्षा कार्यक्रममा दिइएको जानकारीअनुसार तनहुँमा सामुदायिक वनले ४० हजार ४९ हेक्टर क्षेत्रफल ओगटेको छ । यसैगरी राष्ट्रिय वन २० हजार ६१ हेक्टर तथा अन्य वनले १२ हजार ५ सय ४२ हेक्टर क्षेत्रफल ओगटेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *