आजदेखि मौसममा क्रमिक सुधार, यस्तो छ दुई दिनको पूर्वानुमान

फागुन २५, काठमाडौं । पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको मौसममा आजबाट क्रमिक सुधार हुदैछ । देशको पुर्वी पहाडी भू-भागमा आँशिक बदली रहेपनि बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।   

यस्तो छ दुई दिनको मौसम पूर्वानुमान  :- 

फागुन २५गते (आइतबार) 

null

दिउँसोः देशको पूर्वी भू-भाग लगयत पश्चिमी पहाडी भू-भागमा आँशिक देखि सामान्यबदली रहीबाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । पुर्वी र पश्चिमी पहाडी भू-भागका एक-दुई स्थानमा क्षणिक वर्षाको सम्भावना रहेको छ । 

रातीः  देशको पुर्वी पहाडी भू-भागमा आँशिक बदली रहीबाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । 

फागुन २६गते (सोमबार) 

दिउँसोः देशको पुर्वी भू-भागमा आँशिक देखि सामान्यबदली रहीमध्य भू-भागमा आशिंक बदली रहनेछ। देशका बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । पहाडी भू-भागका एक/दुई स्थानमा क्षणिक वर्षाको सम्भावना रहेको छ । 

रातीः देशको पुर्वी र मध्य पहाडी भू-भागमा आँशिक बदली रहीबाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *