ट्रकले ठक्कर दिँदा अन्तिम सास श्रीमतीको भिडियो कलमा

 

जेठ १९, भारत । भारतमा एक युवा इयरफोन लगाएर बाइक कुदाई रहेका बेला ट्रकले ठक्कर दिँदा उनकाे मृत्यु भएकाे छ ।  

भारतको बेगूसरायको नेशनल हाइवे–२८ मा बाईक कुदाई रहेका उक्त युवकलाई ट्रकको पाङ्गाले  कुलिँदा उनको एउटा तिघ्रा नै छिनेर मृत्यु भएको हाे । 

null

अचम्म त के भयो भने उनले आफ्नो अवस्थाबारे जानकारी गराउन श्रीमतीलाई समेत भिडियो कल समेत गरेर यो संसारबाट बिदा भए । 

उक्त घटनामा मृत्यु हुने युवकको नाम राजाराम पण्डित भएको स्थानिय प्रहरी अधिकारीले जनाएको छ । उनी आफ्ना सालोको श्राद्धमा सहभागी हुन ससुराली गईरहेको समयमा उक्त दुर्घटना हुन पुगेको हो । 

प्रत्यक्षदर्शीका अनुसार दुर्घटनामा मृत्यु हुने युवकले कानमा इयरफोन लगाएर बाईक कुदाई रहेका थिए जसका कारण उनले ट्रकले हर्न बजाएकाे सुन्न सकेनन् । 

उक्त दुर्घटना पछि बेहोस उनलाई तत्काल अस्पताल लगेता पनी उनको ज्यान भने बचाउन नसकिएको स्थानिय प्रहरीले जनाएको छ । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *