ग्लोबल आइएमई बैंकको १२ औँ बार्षिक साधारण सभा सम्पन्न
पुस २७, काठमाडौँ । ग्लोबल आइएमई बंैकको १२ औँ बार्षिक साधारण सभा नक्साल व्याङ्केट, नक्साल काठमाण्डौँमा आज सम्पन्न भएको छ । उक्त सभाले आ.व. २०७४/०७५ को वितरण योग्य मुनाफा तथा संचित मुनाफा समेतबाट आफ्ना शेयरधनीलाई १६ प्रतिशत लाभांश (बोनस शेयर) वितरण गर्ने विशेष प्रस्ताव पारित गरेको छ ।
बोनश शेयर वितरण पश्चात बैंकको चुक्ता पुँजी १० अर्व ३१ करोड रुपैयाँ पुग्ने छ । ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले १३३ शाखा, १४२ एटिएम, ७ एक्सटेन्सन काउण्टर, १५ वटा राजश्व संकलन काउण्टर र ११६ शाखा रहित बैंकिङ्ग सेवा, विदेशमा ३ प्रतिनिधि/सम्पर्क कार्यालय माफर्त आफ्ना ९ लाख ५० हजार भन्दा बढि ग्राहकहरु माझ सेवा प्रदान गर्दै आइरहेको छ ।
null
त्यस्तै बैंकले अत्याधुनिक प्रविधियुक्त भाईवर बैंकिङ्ग सेवा, मोबाइल बैंकिंङ्ग सेवा, इन्टरनेट बैंकिंङ्ग सेवाको साथमा मलेसिया, दक्षिण कोरिया, कतार, युएई, बहराइन, जोर्डन लगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउने कार्यमा महत्वपूर्ण योगदान पुर्याउँदै आइरहेको छ ।