कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रलाई आवासको व्यवस्था

वैशाख ५, विराटनगर । कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रका चिकित्सक तथा स्वास्थ्यकर्मीका लागि जैन भवनमा आवासको व्यवस्था गरिएको छ ।  

विराटनगर ७ स्थित जैन श्वेताम्वर तेरापन्थी सभाका अध्यक्ष जितेन्द्र गोल्छाले चिकित्सक तथा स्वास्थ्यकर्मीका लागि १९ वटा कोठा उपलब्ध गराएको हो ।  

तेरापन्थी सभाले कोभिड १९ को उपचारमा खटिएका चिकित्सक तथा स्वाथ्यकर्मीका लागि निःशुल्क आवासको व्यवस्था गर्ने घोषणा गरेपछि आज (शुक्रबार) सामाजिक विकास मन्त्री जीवन घिमिरे, कोशी अस्पतालकी मेडीकल सुपरिटेन्डेन्ट डा. संगीता मिश्रा लगायतको टोलीले स्थलगत रुपमा भवनका कोठाहरु निरीक्षण गरेका थिए । 

स्वास्थ्यकर्मी तथा चिकित्सकका लागि कोठाहरु उपयुक्त भएको मेसु डा. मिश्राले बताए । १९ वटा कोठामा १÷१ जना राखिने उनले जनकारी दिएकी छिन् । 

सामाजिक विकास मन्त्री घिमिरेले जैन भवनका कोठाहरु उपलब्ध गराएकोमा तेरापन्थी सभाप्रति आभार व्यक्त गरेका छन् । उनले आवास गृहमा खटिने जैन भवनका कर्मचारीको सुरक्षासँगै प्रोत्साहन गर्ने बताए ।  

तेरापन्थी सभाका अध्यक्ष जितेन्द्र गोल्छाले आजै (शुबक्रबार) देखि जैन भवनका कोठा कोभिड १९ उपचार केन्द्रमा खटिने चिकित्सक र स्वास्थ्यकर्मीलाई कोरोनाको उपचार समाप्त नहुन्जेल सम्मका लागि उपलब्ध गराएको बताउएका छन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *